गौबध मुद्दामा फरार बाँके उढरापुरका छोटकौ पक्राउ - Dastabej

गौबध मुद्दामा फरार बाँके उढरापुरका छोटकौ पक्राउ


  • दस्तावेज

  • गौबध मुद्दमा नौं महिनादेखि फरार एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । बाँके प्रहरीले गौबध मुद्दामा फरार खजुरा गाउँपालिका वडा नं-५ उढरापुरका ६५ वर्षीय चोरे भन्ने छोटकौ बेहनालाई पक्राउ गरेको हो ।

    इलाका प्रहरी कार्यालय धनौली खजुराका प्रमुख एव प्रहरी निरीक्षक सन्दिप बेल्बासेको कमाण्डमा खटिएको प्रहरी टोलीले फागुन ३० गते सोेही गाउँमा लुकीछिपी रहेको अवस्थामा पक्राउ गरेको जनाइएको छ ।

    बाँके जिल्ला अदालतले २०७९ जेष्ठ ३० गते गौबध मुद्दामा ६ महिना कैदको सजाय सुनाएको थियो । हालसम्म फारर बेहनालाई यही चैत्र १ गते अदालतमा उपस्थित गराएर कारागार चलान गरिएको बाँके प्रहरीले जनाएको छ ।

  • २ चैत्र २०७९, बिहीबार १२:१३ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा