त्रिबेणीद्धरा पाठेघर खस्ने समस्या सम्बन्धि दुई दिने तालिम संञ्चालन - Dastabej

त्रिबेणीद्धरा पाठेघर खस्ने समस्या सम्बन्धि दुई दिने तालिम संञ्चालन


  • दस्तावेज


  • कोहलपुर, चैत २ बिहिबार
    कोहलपुरमा महिलाहरुको पाठेघर खस्ने समस्या सम्बन्धि २ दिने तालिम संञ्चालन भएको छ । त्रिबेणी बिकास समाज कोहलपुर १४ हवलदारपुरको आयोजना तथा wwdp जर्मनीको समन्वयमा तालिम संञ्चालन भएको हो । बिहिबार संस्थाका अध्यक्ष बसन्ती तिवारीको प्रमुख आतिथ्यतामा उक्त तालिमको उद्घाटन गरिएको थियो । तालिमको सफलताको शुभकामना दिदै अध्यक्ष तिवारीले भनिन्, ग्रमिण ठाउँका महिलाहरुमा पाठेघर खस्ने समस्या लुकेर बसेको छ । पाठेघर खस्ने समस्या सम्बन्धि सचेतनाको कमीका कारण महिलाहरु धेरै समस्या भोग्दै आएको उनले बताइन् । यो तालिममा सहभागि महिलाहरुलाई पाठेघर सम्बन्धि समास्या बारे जानकारी दिनुका साथै समुदायमा सचेतना पैmलाउन पनि मदत पुग्ने उहाँको भनाई थियो । शुक्रबारसम्म चल्ने तालिमको संस्थाका कार्यकारी निर्देशक पतिराम थारुले स्वागत मन्तव्य सहित तालिमको उद्देश्यबारे जानकारी गराएका थिए । तालिमले महिलाहरुलाई पाठेघरको स्वास्थ्य सम्बन्धि सचेत रहना सहयोग पुग्ने उनको भनाई थियो । तालिममा महिला स्वास्थ्य स्वायंमसेबिका, स्वास्थ्यकर्मी र आमा समुहका महिलाहरुको सहाभागिता रहेको छ । कोहलपुर १४ र १५ का १६ जना स्वांयमसेबिका, २ जना स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी र ७ जना आमा समुहका महिला गरी २५ जनाको सहभागिता रहेको कार्यक्रम संयोजक मिश्रिलाल यादवले बताए ।

    गाउँघरका महिलाहरु अहिले पनि पाठेघर खस्ने समस्याबारे खुलेर बोल्न सकेका छैनन् । पाठेघर खस्ने समस्या भएका महिलाहरु आप्mनै घर परिवार र समाजबाट अपहेलित हुनुपर्ने अवस्था भएकाले उक्त समस्या लुकाएर राख्ने प्रबृति समाजमा बिद्यामान छ । तालिमको प्रशिक्षण स्वास्थ्य कार्यालय बाँकेका परिवार नियोजन सुपरभाइजर निरिक्षक बसन्ती मल्लाले दिइरहनुभएको छ । तालिममा पाठेघरको स्वास्थ्य, पाठेघर खस्ने कारण, पाठेघर खस्ने समस्याको उपचार, पाठेघर खस्ने समस्याबाट बच्ने उपाय लगायत्को बारेमा जानकारी दिने बताइएको छ । त्रिवेणी बिकास समाजले बिगत २ महिनादेखि स्वास्थ्य शिक्षा र जिबिको पार्जनमा महिला सशक्तिकरण परियोजना संञ्चालन गरी काम गरी रहेको छ । उक्त परियोजना अन्र्तगत महिलाहरुलाई पाठेघर सम्बन्धि तालिम आयोजा गरिएको संस्थाले जनाएको छ ।

  • २ चैत्र २०७९, बिहीबार १३:३६ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा