बढैयातालमा ढाका बुनाई तालिमको उद्धघाटन - Dastabej

बढैयातालमा ढाका बुनाई तालिमको उद्धघाटन


  • दलबहादुर सुनार

  • २ चैत्र २०७९ बढैयाताल , बर्दियाको बढैयातालमा ढाका कपडा बुनाई सम्बन्धि तालिमको आज उद्धघाटन भएको छ ।
    घरेलु तथा साना उद्योग कार्यालय बर्दियाको आयोजनामा तथा स्पन्दन नेपाल बढैयाताल ८ को समन्वयमा ढाई महिने ढाका कपडा बुनाई तालिमको उद्धघाटन भएको हो ।
    बढैयाताल गाउँ पालिका वडा नं ८ का अध्यक्ष तथा कार्यक्रमका प्रमुख अथिति तेजनाथ पौडेलले कार्यक्रमको उद्धघाटन गर्दै मौलिकतामा आधारित ढाका कपडा बुनाई तालिम आर्थिक समृद्धिको आधार बन्नुको साथै बर्दिया जिल्ला र बढैयातालको पहिचान गर्न अहम भुमिका रहने बताए ।
    घरेलु तथा तथा साना उद्योग कार्यालय बर्दियाका प्रमुख बिश्वलाल खड्काले कार्यक्रमको उद्देश्य माथि प्रकास पार्दै बर्दिया जिल्लामा ढाका कपडा सम्बन्धिको तालिम पहिलो भएको र तालिमका सहभागिहरुको उत्साह देखेर यस कार्यालय बाट साढे दुई महिनाको तालिम आज बाट औपचारीक रुपमा शुरु भएको बताए ।
    तालिमको प्रभाबकारीता सहभागिमा भर पर्ने भन्दै सहभागिले सिपमा निखर्ता ल्याउनु पर्ने , सिप प्रतिफल युक्त हुनु पर्ने र सिपालु जन शक्तिको बिकास गर्नु पर्नेमा जोड दिए ।
    स्पन्दन नेपालले शुरु गरेको तालिम लाई निरन्तरता दिन घरेलु तथा साना उद्योग कार्यालयले यहि मिति २०७९ चैत्र २ गते देखि २०८० जेष्ठ १७ गत सम्म तालिम सञ्चालन हुने उद्योग कार्यालय बर्दिया अधिकृत पुर्णमान वलीले जनाएका छन् ।
    ढाईमहिना सम्म सञ्चालन हुने तालिमको लागि प्रशिक्षकको पारिश्रमिक , कच्चा पदार्थ र सहभागिको नास्ता सहितको ब्यबस्थापन घरेलु कार्यालय र तालिम हल तथा उपकरणको ब्यबस्थापन स्पन्दन नेपालले गर्ने सस्थाकी अध्यक्ष निलम गौतमले जनाएकी छन् ।
    तालिमका सहभागि ११ जना महिलाले तालिम अबधिमा साडी , धोति , कोट पाईन्ट , कुर्ता सुरवाल , सल , सट लगाएतका ढाका कपडा बुन्न सक्ने तालिमका प्रशिक्ष दलबहादुर तमाङले बताए ।

  • २ चैत्र २०७९, बिहीबार २२:०४ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा
  • ७. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न