बबई बहुमुखी क्याम्पस गुलरियामा स्ववियु निर्वाचन स्थगित - Dastabej

बबई बहुमुखी क्याम्पस गुलरियामा स्ववियु निर्वाचन स्थगित


  • दस्तावेज

  • चैत्र २, २०७९ बर्दिया — व्यवस्थापन संकायतर्फ स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीले मतदानबाट बञ्चित भएको भन्दै उच्च अदालत सुर्खेतमा रिट दायर गरेपछि
    मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेतअन्तर्गत बबई बहुमुखी क्याम्पस, गुलरियामा चैत ३ गते हुने स्ववियु निर्वाचन स्थगित भएको छ।


    उच्च अदालतले अर्को आदेश नआएसम्म निर्वाचन स्थगित गर्न आदेश दिएपछि रोकिएको हो । चैत ८ गते अदालतले दुवै पक्षका विद्यार्थी नेतृत्वका लागि उच्च अदालतमा छलफलका लागि बोलाएको छ।

    १५ वर्षदेखि निर्वाचन नभएको यस क्याम्पसमा ७ सय ७१ जना मतदाता रहेका छन् । त्रिभूवन विश्वविद्यालयअन्तर्गत जिल्लाका ९ वटा क्याम्पसमा चैत ५ गते स्ववियुको निर्वाचनका लागि तयारी भइरहेको छ ।

  • ३ चैत्र २०७९, शुक्रबार १०:५१ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा