अध्यक्ष कप फुटवल प्रतियोगिताको आज उद्धघाटन - Dastabej

अध्यक्ष कप फुटवल प्रतियोगिताको आज उद्धघाटन

उद्घाटन खेल मधुवन र ठाकुरबाबा बिच हुने


  • दलबहादुर सुनार

  • चैत्र ४ बर्दिया बढैयाताल चौथो बर्दिया जिल्ला पालिका स्तरिय अध्यक्ष कप फुटवल प्रतियोगिताको उद्धघाटन मयुर युवा क्लबको खेल मैदान नयाँबस्तीमा हुने भएको छ ।
    बढैयाताल गाउँ पालिका वडा नं ८ र कालिका सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रको संयुक्त आयोजनामा आज प्रतियोगिताको उद्धघाटन हुने भएको हो ।
    प्रतियोगिताको उद्धघाटन खेल मधुवन नगर पालिका र ठाकुरबाबा नगर पालिका बिच आज सनिबार दिनको २ः० बजे प्रतिस्प्रधा हुने जनाएको छ ।
    बढैयाताल ८ स्थित मयुर यूवा क्लबको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा बर्दिया जिल्लाका २ गाउँ पालिका र ६ नगर पालिकाले भाग लिएको प्रतियोगिता चैत्र २ देखि ११ गते सम्म सञ्चालन हुने श्रोत केन्द्रका अध्यक्ष सुन्दरमान श्रेष्ठले जनाएका छन् ।

  • ४ चैत्र २०७९, शनिबार ०६:४८ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा
  • ७. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न