जानकी गनापुरमा बाल विवाह सम्बन्धि अन्र्तक्रिया कार्यक्रम सम्पन्न - Dastabej

जानकी गनापुरमा बाल विवाह सम्बन्धि अन्र्तक्रिया कार्यक्रम सम्पन्न


  • दस्तावेज

  • नेपालगन्ज, फागुन ३
    शुक्रबार जानकी गाउँपालिका वडा नं. ६ गनापुरमा बालबिवाह सम्बन्धि अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्र्तक्रिया कार्यक्रम स्थानीय धार्मिक अगवा, अभिभावक, जनप्रतिनिधिहरु, विभिन्न राजनितिक दलका प्रतिनिधिहरुको सहभागितामा सम्पन्न भएको हो । त्रिवेणी विकास समाज कोहलपुर १४ हवलदारपुरको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता जानकी ६ गनापुरका वडाध्यक्ष जगदीस प्रसाद हरिजनले गरेका थिए । कार्यक्रममा बोल्दै वडा अध्यक्ष जगदीश प्रसाद हरिजनले मधेशी समुदाय अझै पनि पिछडिएकोले समय सापेक्ष रुपमा चल्न नसकेमा हामी अझै पछाडी धकेलिने कुरा प्रति सचेत गराउदै त्रिवेणीले गरेको सरोकारवालाहरुसंगको अन्तरकृया कार्यक्रम सह्रानीय रहेको बताए । स्थानीय सरकारको भुमिका र दायित्व प्रति हामि सचेत रहेको र आगामी आर्थिक बर्षको बजेटमा छात्राहरुलाई उच्च शिक्षाका लागि छात्रावृत्तिका कार्यक्रमहरु ल्याउने र बाल विवाह विरुद्ध वडा सधै प्रतिवद्ध भई कार्यक्रममा साथ दिने प्रतिबद्धता जनाए । धार्मिक अगुवा केशरी कुमार बाहुनले कार्यक्रमको प्रसंसा गर्दैै अभिभावक तथा किशोर किशोरीहरुलाई बढी भन्दा बढी बाल विवाहको परिणामबारे सचेत बनाउनुपर्नेमा जोड दिएका थिए । जानकी गाउँपालिका स्तरीय महिला तथा किशोरी समितिका अध्यक्ष कविता कुमारी वर्माले महिला तथा किशोरीहरुलाई प्रत्यक्ष हितको लागि त्रिवेणी विकास समाजले गरेको कार्यक्रम प्रति साह्रै नै प्रेरित रहेको कुरा बताउदै आफु जस्तै किशोरी तथा महिलाहरुलाई बाल विवाह विरुद्धको अभियानमा सचेतिकरण गर्न आफु प्रतिवद्ध रहेको कुरा बताईन् । यस्तै वडा स्तरीय महिला तथा किशोरी समितिका अध्यक्ष सुलोचना हरिजनले आफ्ना बच्चाहरुलाई अभिभावकहरुले शिक्षामा जोड दिनु पर्ने आवश्यक रहेको बताइन् । एउटा छोरी शिक्षित भएमा पुरा परिवार शिक्षित हन सक्दछ, त्यस कारण छोरीको लालनपालन र पढाईमा ध्यान दिनुका साथै हामिले अभिभावहरुलाई सचेत गराउने र बाल विवाहलाई रोकथाम गर्नमा भुमिका निर्वाह गर्न अग्रसर रहेको जनाए । कार्यक्रममा जानकी ६ का वडा सदास्य प्रेम बहादुर लोनिया, मेलमिलाप संयोजक राधा विष्ट, त्रिवेणी विकास समाजका कार्यकारी व्यवस्थापक पतिराम थारु, समुदायका अगुवाहरु मोहन बाजपेई, रामसेवक बाहुन, कृष्णगोपाल हरिजन, साथी शिक्षक समितिका अध्यक्ष सविना यादव, शिक्षक उमेश खतिक, तथा त्रिवेणी विकास समाजका सामाजिक परिचालकहरु सीता थापा राना मगर र गोमती थापा लगायत् २८ जनाको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण त्रिवेणी विकास समाजका कार्यकारी व्यवस्थापक पतिराम थारु र समाजिक परिचालक सीता थापाले गरेका थिए ।


    यद्यपी जानकी गाउँपालिका बाल विवाह मुक्त पालिका गत २०७८ भदौको २९ नै घोषणा भैसकेको छ । तर गाउँघरमा अझै पनि गरिबी, दाईजो प्रथा, धार्मिक तथा परम्परागत हानिकरक अध्यास, अभिभावकत्व शिक्षाको कमि, तथा, छोरीलाई उच्च शिक्षामा कम अवसर जस्ता विविध कारणहरुले गर्दा लुकिछिपी तथा गोप्य रुपमा बाल विवाह भईरहेकोले संस्थाले यसको विरुद्धमा फलोअपका लागि कार्यक्रम संचालन गरिरहेको र यस कार्यक्रमबाट समुदायमा बाल विवाहका घटनाहरु रोकिने आपेक्षा लिईएको संस्थाका व्यवस्थापक थारुले बताए ।

  • ४ चैत्र २०७९, शनिबार १२:१८ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा