कोहलपुर, चैत ३ शुक्रबार
कोहलपुर १४ हवलदारपुरमा महिलाहरुको पाठेघर खस्ने समस्या र प्रजनन् स्वास्थ्य सम्बन्धि २ दिने तालिम शुक्रबार सम्पन्न भएको छ । त्रिबेणी बिकास समाज कोहलपुर १४ हवलदारपुरको आयोजना तथा धधमउ जर्मनीको समन्वयमा तालिम संञ्चालन गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष बसन्ती तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । तालिमको समापन कार्यक्रममा बोल्दै अध्यक्ष तिवारीले मधेसी समुदायमा पाठेघर खस्ने समास्या भएका महिलाहरुले लाजका कारण पनि सम्बन्धित स्वास्थ्य संस्थासम्म नजाँदा पनि समास्या भोग्दै आएको बताइन् । अब तालिमका सहभागीहरुले सिकेका कुरा समुदायमा गएर उजागर गरेमा मात्रै प्रभावकारी हुने उहाँको भनाई थियो । यस्तै तालिममा समापन कार्यक्रममा बोल्दै संस्थाका कार्यकारी व्यवस्थापक पतिराम थारुले अहिले पनि समुदायमा धेरै समास्या छ । तपाईहरु समुदायमा भएको समास्या सहसुस गराई सचेतना र सावधानी अपनाउन सकेमा मात्रै समास्या निराकारणमा सहयोग पुग्ने उहाँको भनाई थियो । समुदायमा भएको प्रजनन् स्वास्थ्य सम्बन्धि समास्या स्वास्थ्य संस्थासम्म पु¥याउने आपेक्षा समेत गर्नुभयो । तालिममा कोहलपुर १४ का स्वास्थ्यकर्मी कृष्णमाया न्यौपानेले समास्यामा परेका महिलाहरुलाई स्वास्थ्य संस्थामा पठाउन आग्रह गर्नु भयो । उहाँले स्वास्थ्य संस्थामा सक्ने जतिको उपचार गर्ने, नसके मथिल्लो निकायमा पु¥याउन सहयोग गर्ने प्रतिबद्धता जनाइन् । यस्तै तालिममा सहभागी महिला स्वायंमसेबिका मिना आर्यले प्रजनन् स्वास्थ्य सबैको लागि आवस्यक हुन्छ । आफु महिला स्वास्थ्य स्वायंमसेबिका भएकाले गाउँघरमा गएर महिलाहरुलाई पाठेघर र प्रजनन् स्वास्थ्य सम्बन्धि सचेत गराउने प्रतिबद्धता जनाइन् । यस्तै आमा समुहको कबिता घर्तिले पाठेघर सम्बन्धि धेरै कुरा सिकेको बताइन् । आफुले सिकेको कुरा गाउँघरमा सिकाउने उनले बताइन् । तालिमका प्रशिक्षक स्वास्थ्य कार्यालय बाँकेका परिवार नियोजन सुपरभाइजर बसन्ती मल्लाले एक जनाले सिकेको कुरा कम्तिमा १० जनालाई जानकारी गराएमामा मात्रै प्रभावकारी हुने बताइन् । तालिममा कोहलपुर १४ र १५ का १६ जना महिला स्वास्थ्य स्वांयमसेबिका, २ जना स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी र ७ जना आमा समुहका महिला गरी २५ जनाको सहभागिता रहेको कार्यक्रम संयोजक मिश्रिलाल यादवले बताए । गाउँघरका महिलाहरु अहिले पनि पाठेघर खस्ने समस्याबारे खुलेर बोल्न सकेका छैनन् । पाठेघर खस्ने समस्या भएका महिलाहरु आप्mनै घर परिवार र समाजबाट अपहेलित हुनुपर्ने अवस्था भएकाले उक्त समस्या लुकाएर राख्ने प्रबृति समाजमा बिद्यामान छ । तालिममा पाठेघरको स्वास्थ्य, पाठेघर खस्ने कारण, पाठेघर खस्ने समस्याको उपचार, पाठेघर खस्ने समस्याबाट बच्ने उपाय लगायत्को बारेमा जानकारी दिइएको थियो । त्रिवेणी बिकास समाजले बिगत केही महिनादेखि स्वास्थ्य शिक्षा र जिबिको पार्जनमा महिला सशक्तिकरण परियोजना संञ्चालन गरी काम गरी रहेको छ । उक्त परियोजना अन्र्तगत महिलाहरुलाई पाठेघर सम्बन्धि तालिम आयोजना गरिएको संस्थाले जनाएको छ ।