त्रिबेणीद्धरा पाठेघर खस्ने समस्या सम्बन्धि दुई दिने तालिम संञ्चालन - Dastabej

त्रिबेणीद्धरा पाठेघर खस्ने समस्या सम्बन्धि दुई दिने तालिम संञ्चालन


  • दस्तावेज


  • नेपालगन्ज, चैत ४ शनिबार
    बाँकेको जानकीमा महिलाहरुको पाठेघर खस्ने समस्या तथा प्रजनन् स्वास्थ्य सम्बेदनशिलता सम्बन्धि २ दिने तालिम संञ्चालन भएको छ । त्रिबेणी बिकास समाज कोहलपुर १४ हवलदारपुरको आयोजना तथा धधमउ जर्मनीको समान्वयमा तालिम संञ्चालन भैरहेको छ । शनिबार संस्थाका अध्यक्ष बसन्ती तिवारीको प्रमुख आतिथ्यतामा, उक्त तालिमको उद्घाटन गरिएको थियो । तालिमको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष तिवारीले गाउँघरका महिला दिदिबहिनीहरु पाठेघर तथा प्रजनन् स्वास्थ्य सम्बन्धि बिभिन्न समास्या भोग्दै आएकाछन् । संस्थाले तालिम तथा सचेतनामुलक कार्यक्रम मार्पmत ति महिला दिदिबहिनीहरुलाई सचेत गराईरहेको बताइन् । तालिममा जानकी गाउँपालिका वडा नम्बर ४ र ५ का स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वायंमसेबिका, आमा समुहका महिलाहरु लगायत् करिब ३७ जनाको सहभागिता रहेको कार्यक्रम संयोजक मिश्रलाल यादवले बताए । आइतबार सम्म चल्ने तालिमको उद्देश्यबारे कार्यक्रम संयोजक मिश्रिलाल यादवले नै जानकारी गराएका थिए । तालिमका प्रशिक्षण स्वास्थ्य कार्यालय बाँकेका परिवार नियोजन सुपरभाइजर बसन्ती मल्लाले दिइरहनुभएको छ । तालिममा पाठेघरको स्वास्थ्य, पाठेघर खस्ने कारण, पाठेघर खस्ने समस्याको उपचार, पाठेघर खस्ने समस्याबाट बच्ने उपाय तथा प्रजनन् स्वास्थ्य लगायत्का बारेमा जानकारी दिने बताइएको छ । त्रिवेणी बिकास समाजले बिगत केही महिनादेखि जानकी गाउँपालिकामा स्वास्थ्य शिक्षा र जिबिको पार्जनमा महिला सशक्तिकरण परियोजना संञ्चालन गरी काम गरी रहेको छ । उक्त परियोजना अन्र्तगत महिलाहरुलाई पाठेघर सम्बन्धि समास्या तथा प्रजनन् स्वास्थ्य सम्बेदनशिलता सम्बान्धि तालिम आयोजना गरिएको संस्थाले जनाएको छ ।

     

  • ४ चैत्र २०७९, शनिबार १४:१७ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा
  • ७. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न