अध्यक्ष कपकाे ः उद्धघाटन खेलमा मधुवन बिजयी - Dastabej

अध्यक्ष कपकाे ः उद्धघाटन खेलमा मधुवन बिजयी


  • दलबहादुर सुनार

  • चैत्र ४ बढैयाताल , बर्दिया जिल्ला पालिका स्तरिय अध्यक्ष कप फुटवल प्रतियोगिता २०७९ आज देखि बढैयातालमा शुरु भएको छ ।
    प्रतियोगिताको उद्धघाटन कार्यक्रम लुम्बिनी प्रदेशका सदस्य भुवनेश्वर थारुको प्रमुख आथित्यमा र बढैयाताल गाउँ पालिका वडा न. ८ का अध्यक्ष तेजनाथ पौडेलको अध्यक्षतामा उद्धघाटन भएको हो ।
    कालिका सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र र बढैयाताल गाउँपालिका ८ न. वडा कार्यालयको संयुक्त आयोजनामा भएको प्रतियोगिताको उद्धघाटन खेलमा मधुवन नगरपालिकाले ठाकुर बाबा नगर पालिका लाई ३—१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा बिजयी भएको छ । जीत संगै मधुवन सेमिफाइनलमा प्रबेश गरेका हो ।
    बढैयाताल गाउँ पालिका ८ स्थित मयुर युवा क्लबको खेल मैदान नयाँ वस्तीमा भएको उद्धघाटन खेलको पहिलो हाफमा मधुवनका जर्सि न. ७ का खेलाडी शम्भु थारुले २ गोल गरेका थिए भने र ठाकुर बाबाका खेलाडी बाट आत्म घाति १ गोल भएको थियो । प्रतियोगिताको दोश्रो हाफको अन्तिम समयमा ठाकुरबाबाको तर्फ वाट १ गोल भएको थियाे  ।
    मुख्य रेफ्रि कृष्ण गोपाल चौधरी र सहायक रेफ्रि द्धय सुदिप घर्ति र शिब प्रसाद अधिकारीले सञ्चालन गरेको उद्धघाटन खेलको म्यान अफ दि म्याच घाषित भएका मधुवनका खेलाडी शम्भु थारुले  एक हजार पाँच सयकाे चेक प्राप्त गरेका मयुर युवा क्लबका प्रशिक्षक बिबेश गुरुङ्गले जानकारी दिए ।
    तियोगितामा बिजेता हुनेले १ लाख र उप बिजेता हुनेले ५० हजार नगत मेडल , शिल्ड र प्रमाण पत्रको ब्यबस्था सहति र बिभिन्न बिदामा उत्कृष्ठ खेलाडी लाई समेत आकर्षक पुरस्कार रहेको आयोजकले जनाएको छ ।
    चेत्र ४ गते देखि ११ गते सम्म संचालन हुने चौथो संस्करणको अध्यक्ष कप फुटवल प्रतियोगितामा बर्दिया जिल्लाका ६ नगरपालिका र २ गाउँपालिका सहित ८ टिमले पालिकाले भाग लिएका छन् ।
    प्रतियोगिताको दाश्रो दिनको खेल बाँसगढी नगर पालिका र गेरुवा गाउँ पालिका बिच चैत्र ५ गते आईतवार दिनको २ बजे मयुर यूवा क्लबको खेलमैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

     

  • ४ चैत्र २०७९, शनिबार २३:०० प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा
  • ७. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न