कोहलपुर चौराह क्षेत्रका सुकेका रुख काटियो - Dastabej

कोहलपुर चौराह क्षेत्रका सुकेका रुख काटियो


  • दस्तावेज

  • कोहलपुर चौराह क्षेत्रका सुकेका रुखहरु व्यवस्थापन गरिएको छ । कोहलपुर नगरपालिकाको समन्वयमा डिभिजन वन कार्यालय र सडक कार्यालयले चौराह क्षेत्रका सुकेका रुखहरु हटाएको हो ।

    सुकेका रुखहरुका कारण पैदलायात्रुलाई ठूलो जोखिम थियो । हावाहुरी चल्ने मौसम भएकाले सुकेका रुखका हांगाहरु भाँचिने र रुखै समेत ढल्ने जोखिम भएकाले नगरपालिकाले वन र सडक कार्यालयलाई ती रुखहरु हटाइदिन आग्रह गरेको थियो ।

    कोहलपुर नगरपालिकाका कार्यपालिका सदस्य समेत रहेका वडा नं. १२ का वडा अध्यक्ष विरेन्द्रकुमार शाहले गर्मीयाममा हावाहुरी चल्ने र सुकेका रुखका हाँगा खस्ने तथा भाँचिने र मानवीय क्षतीको जोखिम हुने भएकाले नगरपालिकाको आग्रहमा हटाइएको जानकारी दिए । सिसम, साल र खयरका करिब २९ वटा रुखहरु हटाइएको हो ।

  • ६ चैत्र २०७९, सोमबार १४:४६ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ