बढैयातालमा पालिका स्तरीय अध्यक्ष कप जारी ः तेश्रो दिनको खेलमा बढैयाताल बिजयी - Dastabej

बढैयातालमा पालिका स्तरीय अध्यक्ष कप जारी ः तेश्रो दिनको खेलमा बढैयाताल बिजयी


  • दलबहादुर सुनार

  • ६ चैत्र २०७९ बढैयाताल ,बर्दियाको बढैयातालमा  चौथो बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिता २०७९ जारी छ ।
    यूवा नै देशको शान सबैले गरौ खेलकुदमा योगदान भन्ने मुल सन्देशका साथ बढैयाताल गाउँ पालिका ८ न. वडा कार्यालय र कालिका सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रको आयोजनामा चौथो बर्दिया जिल्ला पालिका सतरिय अध्यक्ष कप फुटवल प्रतियोगिता चैत्र ४ गते देखि बढैयातालमा जारी छ ।
    बढैयाताल ८ स्थित मयुर यूवा क्लबको खेल मैदानमा जारी पालिका अध्यक्ष कप फुटवल प्रतियोगिताको तेश्रो दिनको खेलमा राजापुर नगरपालिका लाई ६–० गोल अन्तरले हराउदै बढैयाता गाउपालिका बिजयी भएको हो ।
    बढैयाताल र राजापुर बिच भएको खेलमा बढैयाताल गाउँ पालिकाका ७ नं जर्सिका खेलाडी आशिष सिङ ठकुरी म्यान अफ दि म्याच घाषित भएका थिए । म्यान अफ द म्याच बन्न् सफल भएका खेलाडी ठकुरी लाई कार्यक्रमका अतिथि तथा शुभकामना एकेडेमीका प्रिन्सीपल संजय श्रेष्ठले १ हजार ५ सय रुपैयाको चेक हस्तान्तरण गर्नु भयो ।
    तश्रो दिनको खेलमा मुख्य रेफ्रिमा शिव प्रसाद आधिकारी , सहायक रेफ्रिमा कृष्ण गोल चौधरी , सुदिप घर्तिले खेल सञ्चालन गर्नु भएको थियो । भोलि ७ गते पहिलो चरणको अन्तिम खेल गुलरिया नगर पालिका र बारबर्दिया बिच मयुरको खेल मैदानमा दिनको ३ः३० बजे सञ्चालन हुने मयुर क्लबका कोषाध्यक्ष शम्सेर मल्लले जानकारी दिनु भयो ।

     

  • ६ चैत्र २०७९, सोमबार २१:२६ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ