कांग्रेस सांसद नगएपछि बागमतीका मुख्यमन्त्री अप्ठ्यारोमा - Dastabej

कांग्रेस सांसद नगएपछि बागमतीका मुख्यमन्त्री अप्ठ्यारोमा


  • दस्तावेज

  • २०७९ चैत ८ गते ८ चैत, काठमाडौं । नेपाली कांग्रेसले दुई दिन समय मागेपछि विश्वासको मत लिने तयारीमा रहेका बागमती प्रदेशका मुख्यमन्त्री अप्ठ्यारोमा परेका छन् । बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत लिने कार्यसूची थियो । तर सत्ता गठबन्धन र प्रदेशसभाकै ठूलो दल कांग्रेसका प्रदेशसभा सदस्यहरु काठमाडौंमै छन् । कांग्रेस प्रदेशसभा सदस्य हरिप्रभा खड्गीले भनिन्, ‘संसदीय दलको बैठक चलिरहेको छ । दलमा छलफल नभएकाले दुई दिनको समय मागेका छौं ।’

    अनलाईन खबरका अनुसार कांग्रेस नै अनुपस्थित हुने भएपछि मुख्यमन्त्रीले प्रदेशसभाको बैठक स्थगित गराउन चाहेका छन् । प्रदेशसभा सचिवालयका सहायक प्रवक्ता गोपाल पोखरेलका अनुसार अहिलेसम्म मुख्यमन्त्री कार्यालयबाट कुनै पत्र आएको छैन र बैठक पनि स्थगित भएको छैन ।

    माओवादी संसदीय दलका नेता जमकट्टेल नेकपा एमाले र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए । राप्रपाले १३ फागुनमै समर्थन फिर्ता लिएर सरकार छाडेको थियो, एमाले भने सरकारमै छ । तर सत्ता गठबन्धन हेरफेर भएकाले कांग्रेसलाई समेटेर सरकार गठन गर्ने मुख्यमन्त्री जमकट्टेलको तयारी छ ।

  • ८ चैत्र २०७९, बुधबार १४:३६ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ