थप एक जनाको मृत्यु, मृतकको संख्या तीन पुग्यो - Dastabej

थप एक जनाको मृत्यु, मृतकको संख्या तीन पुग्यो


  • दस्तावेज

  •  

    १८ चैत, त्रिशूली । नुवाकोटको दुप्चेश्वर गाउँपालिका(४ बेतिनीमा शुक्रबार टाटासुमो गाडी दुर्घटनामा परी घाईते भएका मध्ये थप एक जनाको मृत्यु भएपछि मृतु हुनेको संख्या तीन पुगेको छ।

    दुर्घटनामा अन्य १० जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

     

    बेतिनीबाट यात्रु लिएर शुक्रबार काठमाडौं जान लागेको सुमो अपराह्न सोही स्थानको सानोगोल्फुको ओरालोमा अनियन्त्रित भएर दुर्घटना हुँदा घटनास्थलमा दुईजना र उपचारको क्रममा शुक्रबार राति थप एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

    उनका अनुसार काठमाडौंको ट्रमा सेन्टरमा उपचारको क्रममा ४५ वर्षीया सानुकान्छी तामाङको निधन भएको हो ।

     

    घटनास्थलमा दुप्चेश्वर गाँउपालिका–४ का २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङको मृत्यु भएको थियो । घाइते दशमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

  • १८ चैत्र २०७९, शनिबार १०:३३ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ