नेपालगन्ज, चैत १७ शुक्रबार
६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा नेपालगन्जमा शुक्रबार २ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । सहकारीको दिगोपन स्वानियामन र सुशासन बिषयक कार्यशाला गोष्ठीमा सहकारीहरुले बचत तथा लगानीको संरक्षण गर्न ५ बुदे प्रतिबद्धता जनाएकाछन् । सदस्यहरुले संस्थामा जम्मा गरेको बचत तथा लगानी गरेका शेयर रकमको पुर्णरुपमा संरक्षण गर्ने । सदस्य हाम्रा मालिक हुन् सदस्यहरुलाई उद्यमशिलता सहकारी शिक्षा प्रदान गदै सदस्याको हित, सदस्यमैत्री सदस्य नियान्त्रित व्यवसाय गरी संस्था संञ्चालन गर्ने । सहकारी संस्था लगानी गरेको कर्जाको किस्ता सावा व्याज सदस्याहरुलाई फिर्ता गर्न अनुरोध गर्दै आगामी दिनमा कर्जा लगानी प्रक्रियालाई अभैm प्रभावकारी बनाउने । ६६ औं राष्ट्रिय सहकारी दिवास २०७९ बाँके जिल्ला मुल समारोह समितिले आयोजना गरेका सम्पुणर् कार्यक्रमहरुमा उपलब्धीमुलक सहभागिता जनाउने । सहकारी संस्थाको स्वीकृत बिनियमको अक्षरस अध्ययन गरी गराई पालना गर्ने प्रतिबद्धता जनाएकाछन् । सहकारी बिकास बोर्डका कार्यकारी उपाध्यक्ष टिकाराम पोखरेलको प्रमुख अतिथ्यतामा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कार्यशाला गोष्ठीको समापन कार्यक्रममा बोल्दै बोर्डका कार्यकारी उपाध्यक्ष पोखरेलले तिनै तहको सरकारले सहकारीलाई महत्व नदिएको बताए । अहिले सहकारी संस्थाहरु एक तर्पm आर्थिक संकटको समस्या भोगिरहेकाछन् भने अर्को तर्पm सहकारीहरुलाई ठगी गरिरहेको आरोप पनि लागिरहेको छ । तर सरकारले ऐन अनुसार अनुगमन, नियामन र कर्वाही गर्न नसकेको पोखरेलको भनाई छ । यो परिस्थितिमा अब सहकारीहरु एकजुत हुनुको बिकल्प नरहेको उनले बताए । त्यसका लागि सहकारीहरु सुध्रिएमा मात्रै सरकारलाई दाबाब दिन सकिने सुझाव समेत दिए । सहकारीहरुको बिकास तथा सुधारका लागि सहयोग गर्ने प्रतिबद्धता समेत उनले जनाए । जिल्ला सहकारी संघको आयोजनामा भएको कार्यशाला गोष्ठीमा २ दिनसम्म सहकारीमा देखिएको समास्या र समाधानका उपायबारे बृहत छलफल गरिएको थियो । कार्यशाला गोष्ठीमा सहकारीको दिगोपन र सुशासनका लागि सहकारीसंग आबद्ध बिज्ञहरुद्धरा ७ वटा कार्यपात्र समेत प्रस्तुत गरिएको थियो । २ दिने कार्यशाला गोष्ठीको अध्यक्षता गरेका जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुबेदीले सहकारीमा इमान्दारिता भयो भने कुनै पनि मानेमा समास्या नहुने बताए । सहकारी जोगाउने र दुबाउने सदस्यहरुकै हातमा हुने भएकाले सहकारीका संञ्चालक, कर्मचारी सबैलाई सदस्याहरुसंग जान आग्रह समेत अध्यक्ष सुबेदीले गरे । गोष्ठीको समापनमा आन्तरिक मामिला तथा सहकारी मन्त्रालयका दर्ता अधिकारी भिम प्रसाद तिवारी, सहकारीका केन्द्रिय संञ्चालनक प्रशिक्षकहरु पुर्वा राजदुत महेश दहाल, देब बहादुर केसी, भुपेन्द्र प्रसाद अधिकारी, सहकारी प्रशिक्षालय बाँकेका प्रमुख पुर्ण बहादुर खत्री नेपालगन्ज उपहानगरपालिकाका सहकारी शाखाका प्रमुख प्रवीन राणा लगायत्को अतिथ्यता तथा बाँकेका बिभिन्न क्षेत्रका सहकारीका संञ्चालक, सदस्य, कर्मचारीहरुको उल्लेख्यमात्रामा सहभागिता थियो ।