तक्षशिला एकेडेमीमा कक्षा १२ का विद्यार्थीहरुको विदाई - Dastabej

तक्षशिला एकेडेमीमा कक्षा १२ का विद्यार्थीहरुको विदाई


  • दस्तावेज

  •  बाँके कोहलपुर १० मा रहेको तक्षशिला एकेडेमीमा कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गर्दै बिदाई गरिएको छ ।

    कक्षा ११ मा अध्यनरत विद्यार्थीहरुले आफु भन्दा सिनियर ब्याजका साथीहरुलाई मायाको चिनोका साथ विदाई गरेका हुन् । सो अवसरमा विद्यालयले समेत विद्यालयमा अध्यन गरि विदाई भएर जाने विद्यार्थीहरुको उज्जवल भविष्यको कामना गर्दै अध्यनमा ईमान्दारीका साथ लागेर आफु, आफनो परिवार , विद्यालय र समाजको नाम उचो राख्न प्रेरणा मिलोस भन्ने कामना गरेको छ ।

     

    विद्यालयमा अध्यनरत विद्यार्थीहरुले आ आफ्नो प्रतिभा प्रस्तुति समेत गरेको कार्यक्रममा बिद्यालयका अध्यक्ष बिष्णु प्रसाद बेल्बासे, प्रधानाध्यापक मुकुन्द्र बिक्रम शाह, शिक्षक किशोर अधिकारी र निलकन्ठ घिमिरे लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

     

    तक्षशिला एकेडेमी कोहलपुरमा ं२ तर्फ म्यानेजमेन्टमा होटल म्यानेजमेन्ट र कम्प्युटर बिषय अध्यापन हुँदै आइरहेको छ । कोहलपुरमा उत्कृष्ट विद्यालयको रुपमा रहेको यस बिद्यालयमा राम्रो अध्यापन हुने भएकाले बिद्यार्थीहरुको पहिलो रोजाइ हुने गरेको अभिभावकहरुले बताएका छन् ।

  • २२ चैत्र २०७९, बुधबार १५:२३ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ