जस्तो सुकै चुनौती आए पनि वडामा बाल बिवाह हुन नदिने वडा अध्यक्ष नरे थापाको उद्घोष - Dastabej

जस्तो सुकै चुनौती आए पनि वडामा बाल बिवाह हुन नदिने वडा अध्यक्ष नरे थापाको उद्घोष


  • दलबहादुर सुनार

  • ३ बैसाख २०८० बर्दिया , बढैयाताल वडा न. ४ का वडाध्यक्ष नरे थापाले जस्तो सुकै चुनाती आए पनि आफ्नो कार्यकालमा बालबिवाह हुन नदिने एक कार्यक्रममा उद्घोष गरेका छन् ।
    बाल बिवाह बिरुद्ध काम गर्दै आएको आवाज बर्दियाले  आयोजना गरेको बाल बिवाह अन्त्यका लागि पालिका स्तरीय अन्तरकृया कार्यक्रमा अाज  वडाध्यक्ष थापाले सो कुरा बताएका हुन् ।
    स्थानिय तहको दोश्रो निर्वाचनमा निर्वाचित वडा अध्यक्ष भए पछि ७ वटा बाल बिवाह रोकेको बताउदै कानुनमा टेकेर काम गर्न निकै जोखिम र निसाना बन्नु परेको बताए । जस्तो सुकै चुनौति आए पनि आफ्नो वडा लाई आफ्नो कार्यकालमा बाल बिवाह सुन्य बनाउने वडाध्यक्ष थापाले बताए ।
    हामि सबैको एक्यवद्धता बाल बिवाह बिरुद्ध साझा प्रतिबद्धता भन्ने मुल सन्देशका साथ बाल बिवाह अन्त्यका लागि सञ्चालित परियोजनाको समिक्षा तथा आगामी कार्यदिशाको लागि पालिका स्तरीय अन्तरक्रिया कार्यक्रममा बढैयाताल गाउँ पालिकाका अध्यक्ष हिमालय त्रिपाठीले बढैयाताल गाउँ पालिका लाई बाल बिवाह मुक्त पालिका बनाउन बिद्यालय उमेरका बालबालिका लाई लक्षित गरेर कार्यक्रम गर्नु पर्नेमा जोड दिदै पालिकाले आगामी योजनामा बजेटको ब्यबस्था गर्ने बताए । बढेयाताल गाउँ पालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको अध्यक्षतामा भएका कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत दान बहादुर ऐडीले आफ्नो धारणा राख्दै असम्भब भन्ने केही हुदैन । सबेको साथ र सहयोग भएमा बढैयाताल बाल बिवाह मुक्त पालिका बन्नेमा कुनै संका नहुने भन्दै बाल बिवाह मुक्त पालिका घोषणाको लागि बजेटको ब्यबस्था हुने प्रमुख प्रशासकिय अधिकृत ऐडीले बताए ।
    महिला तथा बालबालिका शाखाकी प्रमुख सुजिता चौधरीले बढैयातालमा बाल बिवाह मुक्त पालिका घोषणाको लागि रणनीति योजना बनेको छ तर बजेटको अभाबका कारण बाल अधिकार समितिको बैठक समेत बस्न नसकेको र बाल बिवाह बिरुद्धको अभियान पनि सञ्चालन  नभएको जनाएकी छन् ।
    यसैगरी नब निर्वाचिन वडाध्यक्ष , निःबर्तमान वडाध्यक्ष ,शिक्षा शाखाकी श्रौत ब्यक्ति बिमला गुरुङ्ग , ईलाका प्रहरी कार्यालयका प्रहरी नायब निरिक्षक बेद बहादुर भण्डारी लगाएतले पालिका लाई बाल बिवाह मुक्त पालिका बनाउने हो भने बजेट सहितको ठोस योजना बनाउनु पर्ने र जन प्रतिनिधि लगाएत सरोकार वालाहरु कानुन बमोजिम कार्वाहीको लागि पछि हट्न नहुनेमा जोड दिए ।
    अन्तरकृया कार्यक्रममा बर्तमान तथा निबर्तमा वडाध्यक्ष , नागरिक समाजका प्रतिनिधि , बालअधिकार समितिका सदस्य , संघसस्थाका प्रतिनिधी  पत्रकार    लगाएतको सहभागिता रहेको आवाज बर्दियाका संयोजक धर्मराज चौधरीले जनाएका छन् अन्तरकृया कार्यक्रममा संकल्प परियोजनाका संयोजक चेतन गरीले सहजिकरण र संगिता बि.क.ले सञ्चालन गरेको  सस्थाले   जनाएको छ ।

  • ३ बैशाख २०८०, आईतवार २१:५९ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ