खजुरा ६मा रहेको अम्मरेला पार्कमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो - Dastabej

खजुरा ६मा रहेको अम्मरेला पार्कमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो


  • सुनिल परियार

  • खजुरा २०८० बैशाख ४ बाँकेको खजुरा गाउँपालिका६मा रहेको गिजराअवस्थित अम्मरेला पार्कवनस्पति उद्यान पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । विभिन्न प्रजातिका फुलहरू ढकमक्क फुलेका कारण पछिल्लो समय पार्कमा आउने र टिकटक बनाउनेहरूको सङ्ख्या दिनप्रतिदिन बढ्न थालेको छ ।

     

    गिजराअवस्थित अम्मरेला पार्कवनस्पति उद्यानका अध्यक्ष्य महाबिर थारुअनुसार नयाँ वर्ष २०८० को पहिलो दिन वैशाख १ गते करिब एक हजार जनाले पार्कको अवलोकन गरेका छन् ।

     

    “सामाजिक सञ्जाल टिकटक बनाउनकै लागि दाङ, बर्दियालगायतका जिल्लाबाट समेत पर्यटकहरू आउनेगरेका छन” अम्मरेला पार्कवनस्पति उद्यानका अध्यक्ष्य महाबिर थारुले भने, “अहिले अम्मरेला पार्कआकर्षक र रोमाञ्चक पनि भएको छ ।

    ” अन्य समयमा सार्वजनिक बिदाको दिनमा २०० जनासम्म आउने, पार्कमा सामान्य दिनमा दैनिक २० देखि ५० जनासम्म आउने गरेका छन् ।

    नयाँ वर्षको दिनमा खजुराबाट पार्क घुम्न आउनुभएका प्रकास शाही ले सुन्दर पार्कभित्र प्रवेश गर्दा मनै आनन्दित भएको अनुभूति भएको बताए । “चारैतिर फूलको पार्क भएका कारण यहाँ आएर घुम्न एकदमै आनन्ददायक छ” शाहीले भने, “पहाडको नजिकै भएका कारण गर्मी समयमा शीतलताको पनि अनुभूति हुने गरेको उहाँले बताउनु भयो ।

     

  • ४ बैशाख २०८०, सोमबार ११:५५ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ