सिटामोलको झुम्का कानैमा रेकर्ड - Dastabej

सिटामोलको झुम्का कानैमा रेकर्ड


  • सुनिल परियार

  • खजुरा २०८० बैशाख ११    निर्माणको तयारीमा रहेको फिल्म ‘सिटामोल’को गीत ‘झुम्का कानैमा’को रेकर्ड गरिएको छ । गोविन्द भट्टको शब्द, बाबुल गिरीको संगीत तथा एरेन्ज रहेको गीतमा बाबुल गिरी र रोशनी श्रेष्ठ (राई)को स्वर छ ।

    म्युजिक नेपालको स्टुडियोमा रेकर्ड गरिएको गीतमा नकुल कार्कीको रेकर्ड र प्रकाश खरेलको मिक्सिङ छ । ‘वृन्दावन’, ‘वीरंगना’ जस्ता फिल्मको निर्देशन गरिसकेका राजबहादुर सानेको निर्देशनमा बन्न लागेको फिल्म ‘सिटामोल’मा सौगात मल्ल, बेनिशा हमाल, बुद्धी तामाङ, ज्ञानु सुनार, ध्रुव दत्त अनुबन्धित भइसकेका छन् ।

    बाँकी अन्य कलाकार चाँडै अनुबन्धित गरिने निर्देशक सानेले बताए । फिल्मको कथा साने स्वयंको हो भने स्क्रिप्ट डाक्टरको काम प्रदीप भारद्वाजले गरेका छन् । निर्देशक सानेले फिल्मको बारेमा भने– ‘नामले नै फिल्मको थिम प्रस्ट्याउँछ । फिल्मले नेपाली समाजमा घटिरहेको वास्तविक घटनालाई नै भन्नेछ ।

    हरेक मानिस विभिन्न पीडामा हुन्छन्, त्यसलाई निको पार्ने सिटामोलको रूपमा फिल्म बन्नेछ ।’ ‘सिटामोल’ आफ्नो करिअरकै उत्कृष्ट फिल्म बन्ने उनको दाबी छ ।

    फिल्ममा रमेश वन गोसाईं र श्याम थापाको लगानी रहनेछ। फिल्ममा कविराज गहतराजको कोरियोग्राफी हुनेछ । फिल्मको छायाकंन केही दिनमै सुरु गरिने निर्माण पक्षले जानकारी दिएको छ।

  • ११ बैशाख २०८०, सोमबार १३:३२ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ