नेपालीको प्रतिव्यक्ति आय वार्षिक १३९९ डलरः राष्ट्रिय तथ्यांक - Dastabej

नेपालीको प्रतिव्यक्ति आय वार्षिक १३९९ डलरः राष्ट्रिय तथ्यांक


  • दस्तावेज

  • वैशाख १९, २०८० काठमाडौँ — राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय वार्षिक १ हजार ३ सय ९९ अमेरिकी डलर पुगेको छ ।
    नेपाली रुपैयाँमा यो १ लाख ८२ हजार ६ सय ८३ रुपैयाँ बराबर हो । आर्थिक वर्ष ०७९।८० को वार्षिक राष्ट्रिय लेखा तथ्यांक सम्बन्धी प्रतिवेदनले गत वर्ष नेपालीको प्रतिव्यक्ति आय १ हजार ३ सय ८१ अमेरिकी डलर पुग्ने प्रारम्भिक अनुमान गरेको थियो । गत वर्षको तुलनामा यो वर्ष थोरैले भएपनि कुल गार्हस्थ्य उत्पादन ९जीडीपी०को आकार बढेकाले प्रतिव्यक्ति आय नेपाली रुपैयाँमा सोही दरले बढेको छ । गत वर्ष नेपालीको प्रतिव्यक्ति आय १ लाख ६९ हजार ३८ रुपैयाँ थियो । यसरी नेपाली रुपैयाँमा प्रतिव्यक्ति आय बढेको देखिए पनि अमेरिकी डलरमा गत वर्षकै बराबर छ ।

    यो अवधिमा अमेरिकी डलरको विनिमय दर पनि बढेकाले त्यसलाई समायोजन गर्दा डलरमा प्रतिव्यक्ति आय १ हजार ३ सय ९९ नै कायम भएको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक इश्वरीप्रसाद भण्डारीले बताए । कार्यालयका अनुसार गत आर्थिक वर्षको संशोधित प्रतिव्यक्ति आय पनि १ हजार ३ सय ९९ अमेरिकी डलर रहेको छ । यसरी हेर्दा गत आर्थिक वर्षको संशोधन र यो आर्थिक वर्षको प्रारम्भिक प्रतिव्यक्ति आय बराबर देखिन गएको हो ।

  • १९ बैशाख २०८०, मंगलवार १५:३४ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ