नेपाल सरकारले विजयी क्रिकेट खेलाडीहरूलाई छ लाख दिने निर्णय - Dastabej

नेपाल सरकारले विजयी क्रिकेट खेलाडीहरूलाई छ लाख दिने निर्णय


  • सुनिल परियार

  • खजुरा २०८० बैशाख २० नेपाल सरकारले एसीसी क्रिकेट प्रतियोगितामा विजयी क्रिकेट खेलाडीहरूलाई छ लाख दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विजयी क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई छ लाख र अन्य टिम अफिसियललाई जनही ३ लाख दिने निर्णय भएको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले बताईन ।

    मन्त्रिपरिषद्को बैठकले त्रिवि क्रिकेट मैदानलाई अन्तराष्ट्रिय स्तरको बनाउन आगामी आर्थिक वर्षको बजेट विनियोजन मा विशेष प्राथमिकतामा राख्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन्।

     

    मंगलबार नेपालले एसीसी प्रिमियर कप क्रिकेटमा ऐतिहासिक जित निकाल्दै नेपालले एसिया कपमा स्थान बनाएको थियो। युएईलाई ७ विकेटले पराजित गर्दै नेपालले एसिया कपमा स्थान बनाएको हो।

     

    नेपालले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा स्थान सुरक्षित गरेको छ। एसिया कपमा स्थान बनाएको नेपालले समूह एमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

     

    समूह बीमा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्। सन् १९८४ मा सुरु एसिया कपको १६ औं संस्करणमा नेपालले पहिलो पटक सहभागिता जनाउने छ।

     

  • २० बैशाख २०८०, बुधबार १३:३३ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ