नयाँ फिल्ममा नम्रता - Dastabej

नयाँ फिल्ममा नम्रता


  • दस्तावेज


  • वैशाख २४, २०८० काठमाडौँ — पछिल्लो फिल्म ‘जायरा’ रिलिजको झन्डै चार वर्षपछि अभिनेत्री नम्रता श्रेष्ठ नयाँ फिल्म ‘ह्यासट्याग माया’ मा जोडिएकी छन् । त्यसो त उनी बीचमा खेल्न तय भइसकेको फिल्म ‘प्रसाद २’ छायांकनको समयमा आएर बाहिरिएकी थिइन् ।

    बुङ्मतीस्थित कार्यविनायक मन्दिरमा शुक्रबार मुहूर्त गर्दै ‘ह्यासट्याग माया’ ले कास्ट एन्ड क्रुबारे जानकारी दिएको हो । राजीव गुरुङको निर्देशन रहने उक्त फिल्ममा नम्रतासहित सारुक ताम्राकार, रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिकेलगायतको अभिनय रहनेछ । आउँदो सातादेखि काठमाडौंबाट छायांकन थालिने जानकारी दिँदै निर्देशक गुरुङले बाँकी छायांकन पोखरा, बर्दिया हुँदै धरानमा पुगेर सकिने बताए । थ्रिलर जनरामा बन्न लागेको उक्त फिल्मलाई शर्मिला थापाले निर्माण गर्न लागेकी हुन् ।

     

    नम्रता फिल्मको शीर्ष भूमिका मायाका रूपमा रहने बताइएको छ । फिल्ममा एरियल योगा प्रशिक्षकको भूमिका निर्वाह गर्न लागेकी नम्रताले चरित्र निर्माणका लागि लामो समयदेखि एरियल योगासमेत सिकेको बताइन् । ‘मैले चरित्र निर्माणका लागि मिहिनेत र लगावका साथ लामो समय खर्चिएकी छु । त्यसैले पनि यो फिल्ममा केही नयाँपन देखिने कुरालाई लिएर उत्साहित छु,’ नम्रताले भनिन् । निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको पटकथा रहेको फिल्ममा उज्ज्वल जोशीको छायांकन, रेलिजा श्रेष्ठको कला निर्देशन, कृति जोशीको शृंगार रहने बताइएको छ । ईकान्तिपुर ।

  • २४ बैशाख २०८०, आईतवार १४:१३ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ