नेपालगन्ज, बैशाख २६ मंगलबार
नेपालगन्जमा बृहत यौनिकता शिक्षा तथा बालबिवाह रोकथाममा बिद्यालयका शिक्षक, बिद्यालय व्यवस्थापन समिति र जनप्रतिनिधिहरुको भुमिका बिषयक अभिमुखिकरण कार्यशाला सम्पन्न भएको छ । कार्यक्रममा जानकी गाउँपालिकाका शिक्षक, बिद्यालय व्यवस्थापन समिति र जनप्रतिनधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम सर्वाङगीन बिकासका लागि महिला तथा बालबालिकाहरुको सशक्तिकरण परियोजना अन्र्तगत एक दिने अभिमुखिकरण कार्यशाला सम्पन्न गरिएको छ । कार्यक्रममा बृहत यौनिकता शिक्षा सम्बन्धि प्रस्तुती गरिएको थियो । प्रशिक्षक अम्रेश प्रताप सिंहले १५ देखि १९ बर्ष भित्रका कम उमेरमा बच्च जन्माउने किशोरीहरुको संख्या बढी रहेको बताए । १७ प्रशित किशोरीले कम उमेरमा बच्च जन्माउदा जिवनमा यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि समास्या भोग्नु परेको उनले बताए । कार्यक्रमका सहभागीले अहिले पनि समाजमा बालबिवाहको खुलेर बिरोध गर्न नसकेको बताएकाछन् । बलबिवाह रोकथामका लागि आफुबाट नै शुरुवात गर्नु पर्ने, सचेतना पैmलाउनु पर्ने, छारीलाई बोझको रुपमा लिन नहुने, बालविवाह भएको थाहा भयो भने प्रहरीलाई खबर गर्नुपर्ने, बालबिवाह बेफाइदाको बारेमा जानकारी गराउनु पर्ने लागयत्को सुझावहरु दिएकाछन् । त्रिवेणी बिकास समाजले बिगत ३ बर्ष देखि जानकी गाउँपालिकाको वडा नम्बर ३, ४ र ६ मा बृहत यौनिकता शिक्षा र बालबिवाह रोकथामका लागि परियोजना लागु गरी काम गर्दैै आएको संस्थाका कार्यकारी व्यवस्थापन पतिराम थारुले बताए । त्रिबेणी बिकास समाजका अध्यक्ष बसन्ती तिवारीकी अध्यक्षतामा भएको कार्यक्रममा जनकी ३ का अध्यक्ष राज कुमार बर्माले पुर्खोदेखि सानो उमेरमा बिवाह गर्ने परिपाटीको सबै अभिभावकले अन्त्य गर्नु पर्ने बताए । वडा नं. ४ का अध्यक्ष रमेश कुमार बर्माले मधेसी समुदायमा बालबिवाह समस्या बढी भएकाले सबै भन्दा पहिले आप्mनो घरबाट नै रोक्नु पर्ने बताए । यस्तै वडा नं. ६ का अध्यक्ष जगदीश प्रसाद हरिजनले गरिबी, अशिक्षा, समाजिक मुल्यमन्याता जस्ता कारणले बालबिवाह हुने गरेको बताए । अभिभावकले बालबालिकाको शिक्षामा बढीभन्दा बढी जोड दिनुपर्ने उनको भनाई थियो । यस्तै जानकी ३ का वडा सदस्य हुसेनी यादवले बालबालिकाको भबिष्य माथि खेलवार नगर्न आग्रह गरे । राज्यले हामी सबैको राम्रोका लागि २० बर्ष पछि बिवाह गर्नुपर्ने कानुन ल्याएकाले सबैले पालना गर्नुपर्ने उहाँको आग्रह थियो । श्री ने.रा. मा. बि भाटनपुर्वाका सहायक प्रधानध्यापक दिपराज आरसी बिवाह भन्दा शिक्षालाई बढी जोड दिनु पर्ने बताए । अनि मात्रै बालबिवाह न्युनिकरण हुने उनको भनाई थियो । श्री माध्यमिक बिद्यालय बन्जारे गाउँका बिद्यालय व्यवस्थान समितिका अध्यक्ष जगतराम बर्मा, सहायक प्रधानध्यापक राम धिरज यादव, श्री ने.रा. मा. बि भाटनपुर्वाका बि.व्य.समितिका अध्यक्ष राज कुमार धोबी, जानकी मा.बि. खजुरा खुर्दका शिक्षक राजेश्वर यादव, समुदायिक स्वास्थ्य सहजकर्ता करुण केसी, सहजकर्ता सिता थापा लगायत् समाजका अगुवा बुद्धिजीबीहरुको सहभागिता थियो । कार्यक्रम संस्थाका सहजकर्ता गौमती थापले संञ्चालन गरेकी थिइन् । त्रिबेणी बिकास समाजको आयोजना तथा संस्थागत बिकास संञ्जालको प्रबिधिक सहयोग र किन्डर मिसन वर्क जर्मनीको आर्थिक सहयोगमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।