इमरान खानपछि पाकिस्तानका पूर्वविदेशमन्त्री कुरैशी पनि पक्राउ - Dastabej

इमरान खानपछि पाकिस्तानका पूर्वविदेशमन्त्री कुरैशी पनि पक्राउ


  • दस्तावेज

  • एजेन्सी । वैशाख २८, २०८० काठमाडौँ — पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेपछि देशभर हिंसा भड्किएको छ । देशभर पाकिस्तान तेहरिक(ए(इन्साफ९पीटीआई०का कार्यकर्ता प्रदर्शन र आगजनीमा उत्रिएका छन् । पछिल्ला केही दिनका हिंसामा कम्तीमा १० जना मारिएको बीबीसीले जनाएको छ ।

    पूर्वप्रधानमन्त्री खानपछि पीटीआईका नेताहरूलाई पनि गिरफ्तार गरिएको छ । बीबीसी उर्दूका अनुसार पीटीआईका नेता तथा पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि पक्राउ गरिएको छ । कुरैशीलाई बुधबार पक्राउ गरिएको हो ।

     

    पक्राउ पर्नुअघि पीटीआईले सार्वजनिक गरेको भिडियोमा कुरैशीले भनेका छन्, ुप्रहरी मलाई गिरफ्तार गर्न आएको छ । म एउटा सन्देश दिन चाहन्छु, यो आन्दोलन स्वततन्त्रताको हो । यसमा हामीले सहभागिता जनाउनुपर्छ । आज इमरान खान उनीहरूको हिरासतमा छन् । उनको ज्यानलाई खतरा छ ।ु पूर्वविदेशमन्त्री कुरैशीले नेतारकार्यकर्तालाई खानको रिहाइ नभएसम्मका लागि आन्दोलन जारी राख्न पनि आह्वान गरेका छन् ।

    इस्लामाबाद प्रहरीले खानलाई अल कादिर ट्रस्टको मामिलामा पक्राउ गरेको हो । अर्को कुनै मुद्दामा धरौटी बुझाउन अदालत पुगेका खानलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको थियो । एनएबी ९नेसनल एकाउन्टिबिलिटी ब्युरो० ले आफ्नो कानुनअनुसार खानलाई पक्राउ गरेको विज्ञप्ति जारी गरेको छ ।

    खानले सन् २०१९ डिसेम्बर २६ मा अल कादिर ट्रस्ट स्थापना गरेका थिए । यो ट्रस्टका प्रमुख खान स्वयं र उनकी पत्नी बुसरा बीबी छन् । पाकिस्तानको डेमोक्रेटिक मुभमेन्ट ९पीडीएम० सत्तामा आएपछि गत वर्षको जुनमा खान र उनकी पत्नीविरुद्ध एक रियल इस्टेट कम्पनीको अवैध ५० अर्ब रकमलाई कानुनी हैसियत दिएको आरोप लागेको थियो । त्यसबापत आफ्नो ट्रस्टका लागि अर्बौं रुपैयाँको जमिन दानमा हासिल गरेको आरोप उनीहरूमाथि छ । खानले भने उक्त आरोपको खण्डन गर्दै आएका छन् ।

  • २८ बैशाख २०८०, बिहीबार ११:२२ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ