३१ बैसाख , बढैयातल बर्दिया थारु फिलिमका हिरो समेत रहेका पुर्ब आगुऔषध प्रयोगकर्ता सुनिलचन थारुले बढैयातालमा लागु औषध दुब्र्यसन बिरुद्ध अभियान चलाउने भएका छन् ।
लागु औषध जस्ता बिकृति बिसंगतिले समाज अराज तर्फ उन्मुख भएको भन्दै हिरो थारुले समाजमा देखिएको बिकृति बिसंगतिका बिरुद्ध रचनात्मक अभियान चलाउने भएका हुन् ।
समाजमा लागुऔषध दुब्र्यसनी , बालबिवाह , यौनजन्य हिसां जस्ता घटनामा बृद्धि भएको भन्दै बिकृतिको बिरुद्ध सरोकारवाला निकायको समन्वयमा रचनात्मक अभियान संचालन गर्ने उनले बताए ।
थारु भाषाको बहार , हमारबस्ति , कुर्राहर , पलस टु संघर्ष जस्ता फिलिममा हिरोको भुमिकामा खेलेका बढैयाताल गाउँ पालिका वडा न. ८ मा सामान्य परिवारमा जन्मेका सुनिलचन थारुले भने हाम्रो समाजका बालबालिका , किसोर किसोरी , युवा युवती बिकृतिको लतमा फस्दा परिवार र सरकार लाई टाउको दुखाईको बिषय बनेको उनले भने ।
आफुपनि पुर्व लागु औषध प्रयोगकर्ता भएको अनुभब सुनाउदैे लागुऔषध प्रयोग गर्दा आफ्नो स्वास्थ्य , इज्जत प्रतिष्ठा , आर्थिक तथा सामाजिक रुपमा गिर्नु पर्ने र भबिष्य अन्धार हुने भन्दै आफु अहिले पुर्णरुपमा मुक्त भएको हिरो चनले बताए ।
अन्जानमा गलत साथिको संगतले दुब्र्यसनिमा फस्दा आफ्नो परिवार , आफन्तहरुको माया ममता सद्भाब पनि टाढा हुने र सुन्दर जीवनको सुन्दर भबिष्य पनि फोहोरको थुप्रोमा मिलेजस्तै हुनु पर्दा जीवनमा ठुलो झट्का लागेको उनले सुनाउदै बालबालिका किसोर किसोरी कोहि पनि यस्तो कुलत नफसुन भन्नाका खातिर स्वत स्फुर्तरुपले अभियानमा लाग्ने लक्ष्यका साथ अगाडी बढेको हिरो थारुले भने ।
बिगतमा असल खराब जे जे गरियो त्यो बाट पाठ सिक्दै बाकी जीवनमा असल कर्म गरि समाज रुपान्तरणमा लाग्ने उनले भने , आफुमा भएको क्षमतालाई सकरात्मक र रचनात्मक कार्यमा लगाउने भन्दै बढैयातालमा कला संगित र सास्कृतिक माध्ययम बाट बालबालिका , किसोर किशाेररीहर लाइ जाेखिम बाट बचाउनका लागि स्थानिय वडा , पालिका , संघसस्था , प्रहरी , बिद्यालय र अभिभाबक लगाएत संग समन्वय सहकार्य गर्दै अभियान चलाउने बताए ।
लागु औषध दुब्र्यसनि , बालबिवाह , मानब बेचबिखन न्यूनिकरण सम्बन्धि सचेतनामुलक डकुमेण्ट्री प्रदर्शन सडक नाटक , र प्रत्यक्ष स्टेज कार्यक्रम गरि अभियान लाई सफल र प्रभाबकारी बनाउने उनेले भने ।
क्ब्थ् ल्इ म्च्ग्न् ( से नो ड्रग) भन्ने मुख्य सन्देश वाट सुरु गरिने भन्दै सरकारले बालबालबालिका लाई कुलत वाट जोगाउने र कुलतमा परेका बालबालिका लाई समाजमा कसरी पुर्नथापना गर्ने भन्दा पनि कसरी अभियोग लगाउने र जेलहाल्ने कामले मात्र लागु औषध दुब्र्यसनि नियन्त्रण नहुने उनले भने । अभियानलाई सफल पार्ने हो भने सरकारले गाउँ बस्तिमा र बिद्यालयमा सचेतना अभियान चलाउनु पर्ने बेराजगार यूवाहरुलाई आयमुलक तथा शिपमुलक काममा लागउनु पर्ने र पुर्व प्रयोगकर्ता लाई समाजमा पुर्नस्थापना गर्ने खालको ठोस योजना हुनु पर्नेमा उनको जोड छ ।
लागुऔषध दुब्र्यसन तथा अबैध ओसार पसार बहुपक्षीय सरकोकारको सवाल बन्न नसक्दा समाज र देशमै यो समस्या जटिल बन्दै गएको देखिन्छ । तिनै तहका सरकारको अभियान प्रभाबकारी बन्न नसक्दा बर्षेनी प्रयोगकर्ताको सख्यामा बृद्धिहुदै गएको प्रहरीको तथ्यांकले देखाउछ । यो समस्या कुनै ब्यक्ति विशेष भन्दा पनि मानब समुदायकै समस्याको रुपमा देखिएको छ ।
यदि यस्ता समस्या लाई तिनै तहका सरकारले गम्भिर रुपमा नलिने हो भने समाजमा अपराधिक घटनामा बृद्धि हुने र समाज बिकृति बिसंगति तर्फ उन्मुख हुनेमा निश्चित छ । मानवीय समस्याको रुपमा सिर्जित समस्याको निराकरण गर्न उत्पादनशील र सृजनशील युवा जनशक्तिलाई सहि काममा प्रयोग गर्ने खालको ठोस योजना बनाउन सकेमा देश समृद्धि तर्फ उन्मुख हुने छ ।