१ जेष्ठ २०८० बर्दिया बढैयाताल गाउँ पालिका ७ न. वडा कार्यालयले बालबिवाह मुक्त वडा घोषणाको लागि तयारी अन्तिम चरणमा पुर्याएको छ ।
साझेदार संस्था बाके यूनेस्को क्लब , बि. ग्रुप र स्याक नेपालको समन्वयमा ७ न. वडाकार्यालयले आयोजना गरेको वडा स्तरीय सर्वपक्षीय बैठकमा तयारी अन्तिम चरणमा भएको वडाले जनाएको हो ।
बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीकुमारी अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ७ न. वडा कार्यालयका अध्यक्ष राधेश्याम थारुले बाल बिवाह मुक्तको लागि वडा कार्यालय पुरागर्नु पर्ने सुचकहरु मध्ये १ ÷२ वटा बाहेक सबै पुरा भएको बताउदै एक दुई हप्ता भित्र सबै तयारी पुरागरी यहि जेष्ठ २६ गते बाल बिवाहमुक्त वडा घोषणा गर्ने निर्णय भएको अध्यक्ष थारुले जानकारी गराए ।
“ सुनिश्चित भबिष्य हरेकको जिम्मेवारी मात्रै हुन्छपुरा, हुदा बिवाह २० वर्षपारी ” भन्ने मुल सन्देशका साथ आयोजित सर्बपक्षीय तयारी बैठकमा बढैयाताल गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत दान बहादुर ऐडीले सम्बोधन गर्दै भने यो नेपाल सरकाको महान अभियान हो । अभियान लाई पुरागर्नु सबै नागरिकको महत्वपूर्ण भुमिका हुने बताए । वडा हुदै पालिका र देशै लाई सन २०३० भित्र बाल बिवाह मुक्त घोषणा गर्र्नेे नेपाल सरकारेको लक्ष्य रहेको हुदा लक्ष्य लाई पुरागर्ने क्रममा साझेदार सस्थाको समन्वय ,सहकार्यमा वडा न. ७ ले अभियान लाई तिब्र बनाएकोमा धन्यवाद दिदै पालिकोको पनि यस अभियानमा साथ र सहयोग रहने प्रमुख प्रशासकिय अधिकृत ऐडीले प्रतिबद्धता जनाए ।
हिजाे आईतवार भएकाे सर्वपक्षीय बैठकमा स्थानिय वडाका जन प्रतिनिधि , राजनीतिक दलका पार्टी प्रतिनिधी , बिद्यालयका प्रधानाध्यापक , बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष , नागरिक समाजका संयोजक , सामुदायिक बनका प्रतिनिधी , बालक्लबका प्रतिनिधि साझेदार संस्थाका प्रतिनिधि , वडका कर्मचारी, पत्राकार लगाएको उपस्थिति रहेको वडाले जनाएको छ । सर्बपक्षीय बैठकमा बाके यूनेस्को क्लबका कार्यक्रम संयोजक महेश नेपालीले बढैयातालमा बालबिवाहको अवस्था , बाल बिवाहमुक्त हुनको लागि पुरागर्नु पर्ने सुचांकक लगाएतका बारेमा सहजिकरण गर्दै ७ न. वडामा बालबिवाहको अवस्था १३ प्रतिशत रहेकाले बालबिवाह मुक्त वडा हुनको लागि योग्य भएको बताए ।
वडाले आयोजना गरेको सर्बपक्षीय बैठकमा स्वागत वडा सदस्य कृष्णबहादुर क्षेत्री र सञ्चालन नागरिक समाजका प्रतिनिधि हिक्मत सुनारले गरेको वडा सचिब रणबहादुर रावतले जानकारी दिए ।