जेष्ठ २, २०८० नेपालगन्ज — कोराना महामारी पछि देशमा भएको आर्थिक मन्दीका कारण सहकारीहरु राम्रो तरिकाले सञ्चालन हुन नसक्दा बाँकेका ८ वटा सहकारी एकीकृत भएका छन् ।
साना किसान कृषि सहकारी संस्था लिमिटेड महादेवपरीको अगुवाइमा बाँकेका ८ वटा साना किसान सहकारी संस्थाहरु अष्टम साना किसान कृषि सहकारी संस्थाका रुपमा एकीकरण भएका हुन् ।
एकीकरण हुनेमा सानाकिसान कृषि सहकारी संस्था लिमिटेड महादेवपुरी राप्तीसोनारी–८ बाँके, लगनशील सानाकिसान कृषि सहकारी संस्था लिमिटेड बैजनाथ–६ बाँके, महिला सानाकिसान कृषि सहकारी संस्था लिमिटेड बैजनाथ–८ बाँके, त्यसैगरी सूर्यलक्ष्मी सानाकिसान कृषि सहकारी संस्था लिमिटेड राप्ती सोनारी–४ बाँके, सौगात सानाकिसान कृषि सहकारी संस्था लिमिटेड राप्तिसोनारी ५ बाँके, नवज्योति सानाकिसान कृषि सहकारी संस्था लिमिटेड खजुरा–२ बाँके, हातेमालो सानाकिसान कृषि सहकारी संस्था लिमिटेड खजुरा ८ बाँके र आपसी मेलमिलाप सानाकिसान कृषि सहकारी संस्था लिमिटेड जानकी ६ बाँके रहेका छन् ।
अष्टम सानाकिसान कृषि सहकारी संस्था लिमिटेडमा बाँकेका आठ ओटा सहकारी संस्था एकीकरण भएका हुन् ।