बाँकेको बैजनाथमा मृगौलाको प्रारम्भिक जाँच शिविर सञ्चालन - Dastabej

बाँकेको बैजनाथमा मृगौलाको प्रारम्भिक जाँच शिविर सञ्चालन


  • सुनिल परियार

  • खजुरा २०८० जेठ २ बाँकेको बैजनाथ गाउँपालिकामा मृगौलाको प्रारम्भिक जाँच शिविर सञ्चालन गरिएको छ । बैजनाथ गाउँपालिकाको आयोजनामा उक्त शिविर सञ्चालनमा ल्याइएको हो ।

     

    शिविरको गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले शुभारम्भ गरेकी हुन् ।

    स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाहीले दिएको जानकारी अनुसार बैजनाथको वडा नम्बर २ र ४ स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्रमा शिविर सञ्चालन गरिएको थियो ।

     

    ४० वर्ष माथीका नागरिकको मृगौलाको अवस्थाबारे बुझ्न मृगौलाको जाँच गरी समयमै पत्ता लगाई रोग निदान तथा उपचारमा सहज हुने हेतुले यो कार्यक्रम आयोजना गरिएको शाखा प्रमुख शाहीले बताए ।

     

    शिविर अन्तरगत वडा नम्बर २ मा १ सय ४५ जना र वडा नम्बर ४ मा १ सय ७५ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । सो क्रममा गाउँपालिका उपाध्यक्ष रोकायले यस्तो जाँच सबै वडामा गरिने बताइन् । प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले जनताको स्वास्थ्यप्रति सजग रही रोग लाग्नुभन्दा रोगको बाटो छेक्नु उत्तम हुने बताए ।

  • २ जेष्ठ २०८०, मंगलवार १२:३३ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ