२ जेष्ठ २०८० बढैयाताल स्थानियतहमा मेलमिलाप कर्ताको भुमिका प्रभाबकारी बन्दै गएको स्थानियतहका जन प्रतिनिधिले बताएका छन् ।
दलित महिला संघ (फेडो) बर्दियाले आयोजना गरेको न्यायिक समिति संग भएको संवाद कार्यक्रममा जन प्रतिनिधिले सो कुरा बताएका हुन् ।
न्यायिक समितिका संयोजक एवं पालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले ७ चरण पास गरे पछि मात्र योग्य मेलमिलाप कर्ता हुने भन्दै दुबै पक्षलाई सम्मानका साथ जित जितको अवस्थामा सहमति बनाउन सकेमा मात्र मेलमिलापको भुमिका प्रभाबकारी हुने बताईन । न्याय सम्पादन गर्नु भनेको कानुन , बिधि ,र नीतिको अधिनमा रहेर पीडित लाई छिटो भन्दा छिटो सरल र सहजरुपमा न्याय दिलाउनु मेल मिलाप कर्ताको जिम्मेवार हुनेमा उपाध्यक्षको जोड रहेको थियो ।
वडा न. ७ का अध्यक्ष राधेश्याम थारु , ८ का तेजनाथ पौडेल र ९ का कार्यबाहक अध्यक्ष बिष्णु चौधरीले स्थानियतहमा मेलमिलाप कर्ताको भुमिका प्रभाकारी भएकोले न्याय लाई चुस्त र दुरुस्त बनाउदै बिवादित दुबै पक्षलाई जित जितको महशुस हुने खालको न्याय सम्पादन हुने हुदा जन प्रतिनिधि लाई सहज भएका उनीहरुले बताए ।
तालिम प्राप्त गरि आएका मेलमिलाप कर्ताले सिकेका ज्ञान शिपलाई स्वतन्त्र र निश्पक्ष रुपमा ब्यबहारमा उतार्नु पर्नेमा जोड दिदै वडामा न्याय सम्पादनमा सहजताका लागि कोठा र बैठकको दिन चिया नास्ताको ब्यबस्था समेत गर्ने वडाध्यक्षले बताए ।
८ न. वडा कार्यालय स्याउली बजारमा आज भएको कार्यक्रममा पालिका स्तरीय मेलमिलाप केन्द्रका संयोजक बेनिमाधब पौडेल , मेलमिलाप कर्ताका संयोजक गुम बहादुर परियार , ७ न. वडाकी मेलमिलाप केन्द्रकी संयाेजक जीता शर्मा, ८ की सदस्य थानकुमारी तिवारी, ८ की वडा स्तरीय क्याग समुहकी अध्यक्ष सुकमाया सुुनार लगाएतले धारणा राखेका थिए ।
सम्बाद कार्यक्रममा न्यायिक समिति बढैयातालले ७, ८ र ९ न.का वडामा मेलमिलाप केन्द्र लाई ब्यानर , दर्ता रजिष्टर , बैठक रजिष्टर , सहमतिको फारम लगाएतको सामाग्री हस्तान्तरण गरेकाे जनाएको छ ।
कार्यक्रममा स्थानिय जन प्रतिनिधि , ३ वटै वडाका तालिम प्राप्त मेलमिलाप कर्ता , वडाका कर्मचारी , समाज सेबी लगाएत ३० जनाको सहभागिता रहेको जननाएको छ ।