साफ च्याम्पियनसिपमा नेपालको पहिलो खेल कुवेतसँग - Dastabej

साफ च्याम्पियनसिपमा नेपालको पहिलो खेल कुवेतसँग


  • दस्तावेज

  •  

    ३ जेठ, काठमाडौं । दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले बुधबार खेलतालिका सार्वजनिक गरे अनुसार आफ्नो पहिलो खेल नेपालले कुवेतसँग खेल्ने भएको छ ।

     

     

    बुधबार नै भएको समूह विभाजनमा नेपाल समूह ए मा परेको छ । यो समूहमा नेपाल र कुवेतसँगै आयोजक भारत र पाकिस्तान छन् ।

    नेपालले प्रतियोगिताकै पहिलो खेलका रुपमा ६ असारमा कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । बैंगलुरुको श्री कान्तीराभा रंगशालामा यो खेल नेपाली समयअनुसार अपराह्न पौने चार बजेदेखि सुरु हुनेछ । सोही दिन साँझको खेलमा समूह ए कै भारत र पाकिस्तान भिड्नेछन् ।

     

    नेपालले ९ असारमा भारतसँग समूहको आफ्नो दोस्रो खेल खेल्नेछ । यो खेल सोही रंगशालामा साँझ पौने ८ बजेदेखि सुरु हुनेछ ।

    समूहको अन्तिम खेल नेपालले १२ असारमा खेल्नेछ । यो खेल अपराह्न पौने ४ बजेदेखि सुरु हुनेछ । साफ च्याम्पियनसिपको फाइनल खेल १९ असारमा हुनेछ ।

  • ३ जेष्ठ २०८०, बुधबार १६:४० प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ