नेपालगन्ज उपमहानगरले सुरु गर्यो ‘खोज र खोप’ अभियान - Dastabej

नेपालगन्ज उपमहानगरले सुरु गर्यो ‘खोज र खोप’ अभियान


  • दस्तावेज

  • जेष्ठ ३, २०८० नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिका भित्र नियमित खोप लगाउन छुटेकालाई खोप लगाउन ‘खोज र खोप’ अभियानमा सुरु गरेको छ ।  छुटेका र बीचैमा खोप लगाउन छोडेकालाई नेपालगन्जमा ‘खोज र खोप’ अभियानमा ५१ जना जिरो डोज र एक सय ३९ जना ड्रपआउटलाई समेटिएको छ ।

    नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजन शाहीका अनुसार ९० जना जिरो डोजका बच्चा रहेकोमा ५१ जनाले खोप लगाइएको छ ।

     

    जनस्वास्थ्य निरीक्षक शाहीले छुटेका बच्चालाई अब नियमित खोपमा समेट्ने बताए ।

    नेपालगन्जमा हरेक महिनाको ६ देखि ११ गतेसम्म नियमित खोप लगाउने गरिन्छ । अझै ३९ जना खोप लगाउन बाँकी छन् । बीचैमा खोप लगाउन छोडेका २ सय ९४ जनामा १ सय ३९ जनाले खोप लगाएका छन् ।

    नियमित खोप लगाउन छुटेका र बीचैमा छोडेकालाई खोप लगाउन वैशाख ३१ गते अभियान थालिएको थियो । नेपालगन्जमा त्यसअघि वैशाख १५ गते पनि छुटेका बच्चालाई खोप लगाइएको थियो । ‘खोज र खोप’ भन्ने अभियान सञ्चालन गरिएको नेपालगन्जमा ६ सय ९२ जनाले बीचैमा खोप लगाउन छोडेको र १ सय ७७ जनाले कुनै पनि खोप नलगाएको पाइएको थियो ।

     

    नेपालगन्जमा लक्षित जनसंख्या कभर हुने तर धेरै बालबालिका खोपमा छुट्ने गरेको पाइन्छ । यसपाली घरधुरी सर्वेक्षण गरेर बीचैमा खोप लगाउन छोडेका, खोप नै नलगाएका तथ्यांक निकालिएर खोप लगाउन थालिएको हो ।

  • ३ जेष्ठ २०८०, बुधबार १७:०२ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ