रामपुरका ३५४ जना अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण - Dastabej

रामपुरका ३५४ जना अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण


  • दस्तावेज

  • जेष्ठ ४, २०८० पाल्पा — राष्ट्रिय भूमि आयोग पाल्पाले रामपुर नगरपालिका क्षेत्रका ३ सय ५४ अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको छ । ५० वर्ष अघिदेखिको अव्यवस्थित बसोबासीको समस्या रहेको रामपुरमा आयोगले यसअघि गत पुसमा २ सय ६२ जनालाई लालपुर्जा वितरण गरेको थियो ।

    पहिलो र दोस्रो चरणमा गरी हालसम्म रामपुर नगरपालिका क्षेत्रमा ६ सय १६ जनालाई लालपूर्जा वितरण भएको राष्ट्रिय भूमि आयोग जिल्ला समिति पाल्पाका अध्यक्ष मोहनलाल गैरेले जानकारी दिए ।

     

    पुर्जा वितरणबाट राज्यलाई १० करोड २४ लाख ९ हजार ६ सय ३७ राजस्व संकलन भएको छ । हालसम्म ९४ रोपनी, १३ आना, २ पैसा ९८ दाम क्षेत्रफलको जग्गालाई पूर्जा वितरण गरिएको छ । २०५५ साल सम्ममा बिक्री वितरण भएका रामपुर नगरपालिकाको ५, ६ र ७ वडाका ७ सय ८३ घडेरीमध्ये पहिलो र दोस्रो चरणमा गरी लालपुर्जा वितरण गरिएको छ ।

    इकान्तिपुरका अनुसार  तत्कालीन रामपुर गाउँ पञ्चायतले पूर्वाधार निर्माण तथा सामाजिक कार्यको लागि साथै रामतुलसी मावि, दरैठााटी मावि, आधारभूत मावि, नवदुर्गा मावि लगायतका विद्यालयले विद्यालय सञ्चालनका लागि तत्कालीन समयमा सरकारी जग्गा बिक्री वितरण गरेका थिए ।

    पुर्जा वितरणका लागि रामपुर आएका राष्ट्रिय भूमि आयोगका केन्द्रीय उपाध्यक्ष नहेन्द्र खड्काले दुई वर्षभित्र मुलुकलाई भूमिहीनता र सुकुम्बासीमुक्त बनाउने बताए ।सोहीअनुसार आयोगले आफ्ना गतिविधि सञ्चालन गर्ने उनले बताए । ‘देशमा भूमिहीनताको अन्त्यका लागि देशव्यापी रूपमा अभियान सञ्चालन गरेका छौं,’ उनले भने, ‘स्थानीय तहहरुको सहयोग पर्याप्त भएको स्थितिमा आउने २ वर्षभित्र सधैंका लागि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको भूमिसम्बन्धी समस्यालाई अन्त्य गर्ने छौं ।’

     

    मुलुकभरबाट साढे १३ लाख बढीले राष्ट्रिय भूमि आयोगसमक्ष निवेदन दिएको उनले बताए । ‘८ लाख ३६ हजार बढी निवेदन कम्प्युटर प्रणालीमा इन्ट्री भइसकेको छ । १ लाख २५ हजार भन्दा धेरै कित्ता जग्गाहरु नापजाँच भइसकेको छ,’उनले बताए । अहिलेसम्म २ हजार ५ सय लालपुर्जा वितरण भएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति पाल्पाका अध्यक्ष गैरेले रामपुर नगरका भूमिहीन दलित ५७, भूमिहीन सुकुम्बासी ६१ र अव्यवस्थित बसोबासी ४ सय २७ जनाको इन्ट्री भएको जानकारी दिए ।

    पहिलो र दोस्रो चरणमा गरी हाल सम्म रामपुरमा हाल सम्म ६ सय १६ वटा लालपूर्जा वितरण भएको उनले बताए । रामपुरको अव्यवस्थित बसोबासीको समस्या धेरै पहिलेदेखिको भएकाले प्राथमिकताका साथ अघि बढेको उनले बताए ।

    रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले नगरपालिका आयोगलाई साथमा लिएर अघि बढेको बताए । उनले प्राप्त जग्गाको श्रेस्ता कायम छिटो गर्न अनुरोध गर्दै अव्यवस्थित जग्गामा बनेका घरको अभिलेखीकरण नगरपालिकामा गर्न आग्रह गरे ।

  • ४ जेष्ठ २०८०, बिहीबार ११:३५ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ