बर्दिया, बाँसगढी जेष्ठ ५ शुक्रबार
बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ६ को प्रगतिनगरमा वन्यजन्तु सूचना साक्षरता अभियान अन्र्तगत चिया कुराकानी श्रृङखला सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ । कारखाना समूहको आयोजना तथा स्थानीय, युवा गोचाली क्लब र टीएन एफ एमडिजीको समन्वय र डब्लु डब्लु एफको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न गरिएको हो । यो वातावरण नेतृत्व कार्यक्रममा वन्यजन्तुबाट हुने जोखिम, अपनाउनु पर्ने सावधानी, जोखिमको बेलामा कसरी सावधानी अपनाउने, वन्यजन्तुबारे के कसरी सही सूचना पहिचान गर्ने, वनजंगल तथा वन्यजन्तु संरक्षणको महत्व लगायत्का बारेमा प्रशिक्षण सहित जानकारी गराइएको परियोजना प्रमुख तथा प्रशिक्षक प्रेम बिश्वकर्मले बताए । बर्दियामा बिगत देखि नै बनजंगल आसपासका गाउँबस्तीमा बन्यजन्तुले आक्रमण गरी मानिसहरुलाई दुख दिने गरेका छन । भने खेतीबालीमा नोक्सान पुर्याउने गरेका छन । बनजंगल आसपासका क्षेत्रमा कुनै पनि बेला बन्जन्तुको जोखिम हुन सक्छ, उक्त जोखिमलाई ध्यानमा राखि पूर्वसावाधानी सचेतनाका लागि बर्दियाका युवाहरु मिलेर सचेतमुलक अभियान संञ्चालन गरिरहेको परियोजना प्रमुख तथा प्रशिक्षक बिश्वकर्माको भनाई छ । वन्यजन्तु सूचना साक्षरता अभियान अन्र्तगतको चिया कुराकानी श्रृखला कार्यक्रममा बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा मानव र बन्यजन्तु बिचको द्धन्द न्यूनिकरणका लागि काम गरिरहेका स्थानीय युवा अभियन्ता गोबिन्द चौधरी र अन्जना चौधरीले बनजंगल जाँदा बन्यजन्तुबाट अपनाउनु पर्ने साबधानी, लगाउने पहिरन, खानपीन लगायतका बारेमा अनुभव अदानप्रदान गरेका थिए । कार्यक्रममा बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिका अन्र्तगत पर्ने विभिन्न वडाका स्थानीयहरुको सहभागिता थियो ।