बुद्धको जहाज भित्र मुसा भेटिएपछि...... - Dastabej

बुद्धको जहाज भित्र मुसा भेटिएपछि……


  • दस्तावेज

  • ७ जेठ, काठमाडौं । बुद्ध एयरको जहाज नाइनएन–एजेएलमा मुसो फेला परेको छ । शनिबार जनकपुरमा ‘मुसा’ देखिएपछि ग्राउण्डेड भएको जहाजमा आईतबार मुसा फेला परेको हो ।
    जहाजमा मुसो रहेको यात्रुले देखेका थिए तर, शनिबार चेकजाँचका क्रममा मुसो फेला नपरेका कारण जहाज जनकपुरमै रोकिएको थियो ।

    आइतबार बिहान ट्रयापमा मुसा भेट्टिएको र जहाजलाई सम्पूर्ण चेकजाँच गरी २–३ घण्टासम्म रनअप लिई थप सजगता अपनाइएको बुद्ध एयरले जनाएको छ ।

    आइतबार नै प्रशिक्षक चालक र टेक्निकल टिमले सो जहाजलाई काठमाडौं ल्याएको छ । जहाजलाई थप निरीक्षण गरी आइतबार दिउँसोदेखि पुनः व्यावसायिक उडान थालिने समेत बुद्धको भनाइ छ ।

    बुद्धले यात्रुलाई आफ्नो ब्यागेज तथा लगेजलाई राम्ररी प्याक तथा बन्द गरी ल्याउन समेत अनुरोध गरेको छ ।

  • ७ जेष्ठ २०८०, आईतवार १५:०६ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ