
बाँके सोमबार जेष्ठ ०८ बैजापुर,
राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ बैजापुर, गएराती राप्ती सोनारी वडा न. ३ बाट ग्रभेल चोर्दै गरेको अवस्थामा प्रहरीले २ वटा टिप्पर र १ वटा जेसिभी पक्राउ गरेको छ । मध्य रातमा गल्रावाज गाउँ नजिकै राप्ती नदीबाट उत्खन्न गरेर ग्रावेल चोरी गर्ने रा १ क १०९५, रा १ क १०९६ नम्बरको टिप्पर र भे १ प १९३८ नम्बरको जेसीभी पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज प्रहरी नायव निरिक्षक प्रविण डाँगीले जानकारी दिए ।
स्थानीय युवाहरुको सक्रियतामा पक्राउ गरिएको जानकारी दिदै इन्चार्ज डाँगीले कारवाहीको लागी राप्ती सोनारी गाउँपालिकाको कार्यालयमा पठाइने जनाए । स्थानीय केहि ठेकेदारहरुले अगैया देखि लटनिया सम्म निर्माण हुँदै गरेको खड्का निर्माण सेवाको साइडमा ग्राभेल बोक्न लागेको स्थानीय युवाहरुले जनाएका छन् ।
रातीको समयमा अवैध रुपमा उत्खनन गरेरल चोरी गर्ने जो कोहीलाई कानुन अनुसार कारवाही गर्ने राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले जानकारी दिए । पक्राउ परेको टिप्पर र जेसीभि राप्ती सोनारी ३ सिनाबाजमा तटबन्धको काम गर्दै गरेको भाग्य लक्ष्मी मामा जे.भीको रहेको खुलेको छ ।
