बालकृष्ण खाँणलाई भेटिन् मञ्जुले - Dastabej

बालकृष्ण खाँणलाई भेटिन् मञ्जुले


  • दस्तावेज

  •  

    ८ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई भेट्न उनकी पत्नी मञ्जु खाँण आज काठमाडौं प्रहरी परिसर टेकु पुगेकी छन् ।

    अनलाईन खबरका अनुसार पूर्वगृहमन्त्रीसमेत रहेका खाँण गत वैशाख २७ गते पक्राउ परे पनि उनकी पत्नी मञ्जु भेट्न गएकी थिइनन् । प्रहरीले आज अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउने दिन मञ्जु पतिलाई भेट्न गएकी हुन् । प्रहरी परिसर काठमाडौंका एक जना प्रहरी अधिकृतले बालकृष्णलाई भेटेर मञ्जु फर्किएको पुष्टि गरे ।

     

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले मञ्जुलाई पनि मुछेका थिए । त्यसयता उनी सम्पर्कविहीन भएकी थिइन् । तर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने दिन उनी संसदमा देखिएकी थिइन् ।

    नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले २ जेठमा आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुले मञ्जु सम्पर्कमा नरहेको र पतिलाई पनि भेट्न नगएको कारणबारे सोधेका थिए । त्यसको जवाफमा महतले मञ्जु खाँणलाई पार्टीले फलो नगरेको बताएका थिए ।

  • ८ जेष्ठ २०८०, सोमबार ११:३० प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ