मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ - Dastabej

मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ


  • दस्तावेज

  • जेष्ठ ८, २०८० बर्दिया — ठाकुरबाबा नगरपालिका ७ स्थित बठनपुरको जंगलको छेउमा रहेको मचानमा लगेर १९ वर्षीया एक किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगमा दुई युवक पक्राउ परेका छन् ।

    आइतबार बेलुका ललाइफकाइ ती किशोरीलाई मध्यवर्ती क्षेत्रको जंगलमा लगेर बलात्कार गरी फरार भएका ती युवालाई प्रहरीले पक्राउ गरेको हो ।

     

    पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका(६ तुल्सीपुरका २४ वर्षीय विनोद परियार र सोही ठाउँका २० वर्षीय नवराज परियार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार दुई युवकले किशोरीलाई भे १० प ५५२ नम्बरको मोटसाइकलमा रखेर घटनास्थल पुर्याएका थिए ।
    घटनाको जानकारी पाउनासाथ राति नै प्रहरीले बलात्कार आरोपितलाई गाउँबाटै पक्राउ गरेको हो । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

  • ८ जेष्ठ २०८०, सोमबार १६:०५ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ