८ जेष्ठ २०८० बढैयाताल बर्दिया बढैयाताल गाउँपालिकाको सदरमुकाम मैनापोखरमा रहेको शारदा माध्यामिक विद्यालयको कार्यालयमा तालाबन्दी गरिएको छ ।
विद्यालय प्रशासनले राजनितिक दलबिच भएको भद्र सहमति लाई तोड्दै मनोमानी ढंगवाट विद्यालय ब्यबस्थापन समिति गठन गरेको भन्दै अभिभाबक र स्थानियले आज विद्यालयको कार्यालयमा तालाबन्दी गरेका हुन ।
स्थानिय राजनितिक सहमति अनुसार बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा भगत नेपाली लाई सहमति भएको तर गोबिन्द त्रिपाठी लाई अध्यक्ष बनाएकोमा आपत्ति जनाउदै बिद्यालयले भद्र सहमति तोडेको हुदा तालाबन्दी गर्न बाध्य भएको उनीहरुको भनाई छ ।
राजनितिक दल बिच भएको भद्र सहमति अनुसार बिद्यालय ब्यबस्थापन समिति पुर्न गठन गर्नु पर्ने , बिद्यालयमा पटक —पटक भइरहेको योजना बद्ध चोरीका घटनाहरुको तत्काल छानविन गरि यथाशिघ्र कार्वाही गर्नु पर्ने , कक्षा ६ मा अध्ययनरहत छात्रा रेजिना थारुको बिद्यालय समयमा हात भाँचिएको घटनाको अनुसन्धान गरी छात्राको स्वास्थ्य उपचारको ब्यबस्था गर्नु पर्ने , बिद्यालय समय विद्यालयका शिक्षकहरु तोकिएको समय अवधि सम्म शिक्षण कार्यमा रहनु पर्ने , र जेहेन्दार विद्यार्थी , जनजाती , गरिब , भुमिहिन , कमैया , पिछडा वर्गका विद्यार्थीहरुका लागि निःशुल्क पठन पाठनको ब्यबस्था गर्नु पर्ने माग सहितको प्रस बिज्ञप्ती बिद्यालयका प्रध्यानाध्यापक दिनबन्धु यादव र शिक्षा शाखा बढैयातालका प्रमुख बिष्णु ढकाल लाई बुझाएको संघर्ष समितिले जनाएको छ ।
प्रध्यानाध्यापकको कार्यकक्षमा भएको सर्बपक्ष भेलामा थारु समुदायका बुद्धिजीबी , अधिबक्ता एवं नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय सदस्य समेत रहेका ठाकुर सिंह थारुले भने विद्यालयमा देखिएको असहज अवस्थाको सबैले जिम्मेवार लिनु पर्छ । राजनितिक दल बिच भएको भद्र सहमति लाई ब्यवास्ता गरी अभिभाबक ,सरोकार वालाहरु लाई कुनै जानकारी नगराई सिमित ब्यक्तिको उपस्थितिमा गरिएको विद्यालय ब्यबस्थापन समिति मान्य नहुने बताए । गोबिन्द त्रिपाठीको कारण वाट विद्यालय लाई अनिर्णयको बन्दधक बनाउन नहुने भन्दै सबैलाई मान्य हुने गरी समिति निमार्ण गर्नु पर्ने , शिक्षक अभिभाबक संघ , अनुगमन र सल्लाहकार एकैदिन गठन गर्नुपर्नेमा अधिबक्ता थारुले जोड दिए । बिद्यालयको पठन पाठनमा कुनै पनि प्रभाब नपर्ने गरि मागको सम्बोध नहुदा सम्मका लागि मात्र कार्यालयमा तालाबन्दी गरिने उनले बताए ।
विद्यालयको कार्यालयमा भएको सर्बपक्षिय भेलामा स्थानिय थारु बुद्धिजिबी एवं बड्घर संजाल बढैयातालका संयाेजक पर्शुराम थारु , शिक्षक अभिभाब संघका अध्यक्ष रामशाही थारु ,अधिबक्ता सरोज तिवारी लगाएतले विद्यालय प्रशासको कम्जोरीका कारण भद्र सहमति तोडेदै विद्यालय ब्यबस्थापन समिति गठन गरिनु , विद्यालयको हाताभित्र भएको पंखा , केरा लगाएतका सामान चोरी हुदा विद्यालय बेखबर हुनु राम्रो कुरा नभएको भन्दै प्रेस बिज्ञप्तीमा भएका मागहरुको छिटो भन्दा छिटो सम्बोधन हनु पर्नेमा जोड दिए ।
यता विद्यालयका प्र.अ. एवं बि.ब्य. मितिका सदस्य सचिब दिनबन्धु यादबले उनीहरुको कुराको खण्डन गदै बिधि, प्रकृया र राजनितिक सहमति अनुसार वि.ब्य. स. गठन गरिएको बताए ।
२०७९ चैत्रको २ गते अभिभाबक भेला गरिएको र २०८० बैसाख १६ गते गोबिन्द प्रसाद त्रिपाठीको अध्यक्षतामा बिधि सम्बत ९ सदस्य रहेको वि.ब्य.स. गठन गरिएकाे विद्यालयका प्र.अ. यादबले जानकारी दिए । समतिका सदस्यहरुमा छेगां थारु , वडाध्यक्ष शुक्रराज सापकोटा , नन्नकली बुढा , रिता कुमारी थारु , सितली थारु , संजिता थारु लगाएत रहेका छन् । नव गठित वि.ब्य. समितिका ३ जना सदस्यहरुले असहमति जनाउदै राजिनामा दिएर विद्यालयमा भएको ब्यथिति बिरुद्धको संघर्षमा ऐक्यबद्धता जनाउदै प्रेस बिज्ञप्तीमा हस्ताक्षर सेमेत गरेका जनाएको छ ।
स्थानिय बुद्धिजिबी , शिक्षा प्रेमी , अभिभाबक लगाएत झण्डै सय जनाको समुहमा आएका अभिभाबकले कार्यालयमा भएका शिक्षक कर्मचारी लाई वाहिर निस्कन अनुरोध गरे र शिक्षक कर्मचारीले पनि सजह रुपमा स्वीकार गर्दै बाहिर निस्के पछि करिब २ः१० बजेको समयमा कार्यालयमा तालाबन्दी गरेकाे जनाएको छ ।
तालाबन्दीको वाहानामा शिक्षकले पठन पाठन रोक्न नहुने पठन पाठनमा असहज नहोस भन्दै कार्यालयमा मात्र ताला लगाएका हौ , पठन पाठनमा भने अवरोध पुर्याउन नहुने अभिभाबकले चेतवानी दिएका छन् ।