८ जेष्ठ , बर्दिया स्याक नेपाल ,बाके द्धारा बर्दियाका असाहाय २ बाल बालिकाका संरक्षक लाई बाख्रा सहयाेग गरेको छ ।
उनहरुको पढामा आर्थिक सहयोग पुगोस भन्ने उद्देश्यले स्याक नेपाल बाकेले प्लान ईन्टरनेश्नल नेपालको साझेदारीमा आज बर्दियाका एक बालक र एक बालिकाको संरक्षक लाई बाख्रा सहयोग गरेको हो ।
बढैयाताल गाउँ पालिका वडा नं ८ नयाँ बस्तिका डिल बहादुर थारुको छोराले करिब १० बर्ष पहिला भारतमा ज्यान गुमाएका थिए । मृतकका १४ बर्षका छोरा अशोक र यसै गरी बुवा गुमाएकी गुलरिया नगर पालिका वडा नं १२ कालिनगर अंकिता थारुको पढाईमा सहयोग पुगोस भन्ने उद्देश्यले उनीहरुको संरक्षकलाई बाख्रा प्रदान गरेको स्याक नेपाल बाकेका प्रयाभुत संचार कार्यक्रमका बरिष्ठ अधिकृत शेषकान्त शर्माले जानकारी दिएका छन् ।
बाख्रा सहयोग गर्ने कार्यक्रम अन्र्तगत आज बढैयाताल गाउँ पालिका ८ न. वडा कार्यालयको प्रांगणमा स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डेय र ८ का वडाध्यक्ष तेजनाथ पौडेलले संयुक्त रुपमा अशोक थारुका संरक्षक हजुर आमा गोहनी थारु लाई एक माउ बाख्रा सहित ३ वटा पाठा पाठी हस्तान्तरण गरिएको जनाएको छ । यसै गरी गुलरिया नगर पालिका १२ कालिका नगरकी अंकिता थारुको संरक्षक लाई पनि ५ वटा वाख्रा सहयाेग गरिएको जनाएको छ ।
आर्थिक समस्याले बालबालिका पढाई वाट वञ्चित हुन नपरोस भन्ने उद्देश्यले यो सानो सहयोग गरिएको बताउदै अभिभाबक गुमाएका अभिभाबक गुमाएका अतिबिपन्न परिवारका बालबािलका लाइ सहयोग प्रदान गरिएको स्याक नेपालका अध्यक्ष पाण्डेयले बताए ।