नक्कली भुटानी प्रकरण: पक्राउ परेका १६ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति - Dastabej

नक्कली भुटानी प्रकरण: पक्राउ परेका १६ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति


  • दस्तावेज

  •  

    जेष्ठ ९, २०८० काठमाडौँ — काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा हिरासतमा रहेका १६ जनाविरुद्ध २ दिन म्याद थप गरेको छ ।

     

    अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहित हिरासतमा रहेका सबैको म्याद २ दिन थपिएको अदालतका सूचना अधिकारी दीपक दाहालले बताए ।
    नक्कली शरणार्थी प्रकरणमा कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजीत राई, मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी, मोरङका सागर थुलुङ राई, खाणका तत्कालीन स्वीकय सचिव नरेन्द्र केसी, रायमाझीका छोरा सन्दीप, पाँचथरका टंक गुरुङ, दाङका सन्देश शर्मा पोखरेल, सुनसरीका गोविन्द चौधरी, काठमाडौंका रामशरण केसी पक्राउ परिसकेका छन् ।

    उनीहरूलाई प्रहरीले विभिन्न मितिमा फरक-फरक ठाउँबाट पक्राउ गरेको हो । उक्त प्रकरणमा पूर्वगृहमन्त्री थापाका छोरा प्रतीकसहित १७ जना आरोपित फरार छन् ।

     

     

     

  • १० जेष्ठ २०८०, बुधबार ०७:४० प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ