बाँके बर्दिया सिमानाको पुलको ९८ प्रतिशत काम सम्पन्न - Dastabej

बाँके बर्दिया सिमानाको पुलको ९८ प्रतिशत काम सम्पन्न


  • सुनिल परियार

  • खजुरा २०८० जेठ १०बाँकेको खजुरा गाँउपालिका वडा नं ६ शान्तिनगर मा रहेको बाँके बर्दिया सिमानामा पर्ने मानखेला पुल निर्माण भइरहेको छ लुम्बिनी प्रदेशमा पाँच अर्ब ५० करोड लागतमा १७ वटा पक्की पुल निर्माण भइरहेको छ ।

    बहुवर्षीय आयोजनामध्ये तीनटा सम्पन्न भएका छन् भने नौ वटा छिट्टै सम्पन्न हुने चरणमा रहेको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको पुल महाशाखा पुल सेक्टर नेपालगञ्जले जनाएको छ ।

     

    पुल सेक्टरअन्तर्गत निर्माण गरिने पुलहरू कम्तीमा एक सय मिटरभन्दा लामो हुनुपर्ने नियम रहेको पुल सेक्टर नेपालगञ्जका योजना प्रमुख इन्जिनियर लीलाबहादुर भण्डारीले जानकारी दिए ।

     

    योजना प्रमुख भण्डारीले भने, “आगामी आर्थिक वर्षदेखि बजेट कमी हुने भएकाले समयमै निर्माण सम्पन्न हुन कठिन हुने देखिन्छ । यस खालका पुल निर्माण भएपछि पाँच वर्षसम्म मर्मत सम्भारको जिम्मेवारी निर्माण व्यवसायीको हुन्छ ।”

     

    डिजाइन एण्ड विल्डअन्तर्गत रणनीतिक सडकमा पर्ने पुलको निर्माण पुल सेक्टरले गर्दै आएको छ । जस अनुसार सडक विभागले टेण्डर आह्वान गरेपछि छनौटमा पर्ने निर्माण व्यवसायी आफैँले डिजाइन, वातावरणीय प्रभाव मूल्याङ्कनलगायतका प्रक्रिया पूरा गरी सडक विभागबाट नौ महिनाभित्र स्वीकृति लिनुपर्ने हुन्छ ।

     

    त्यसपछिको जिम्मेवारी पुल सेक्टरको हुने गरेको छपुल सेक्टरका अनुसार बाँकेको राप्ती नदीस्थित मच्छेबास–धामपुर, कर्णालीको कुहिने र दाङको राप्ती नदीस्थित बेला–बनघुसरी पुलको निर्माण सम्पन्न भएका छन् ।

     

    पुल सेक्टरले दिएको जानकारी अनुसार बर्दियाको मानखोला, भादामा पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।

    यसैगरी, कुसुम्बाघाटमा पनि पुल निर्माण भइरहेको छ । कपिलवस्तुमा २, अर्घाखाँचीमा २, दाङमा ३, सल्यानमा २, रुपन्देहीमा २, पश्चिम नवलपरासीमा २ र सुर्खेतमा एक पुल रहेका छन् ।

     

    पुल सेक्टर नेपालगञ्जको कार्यक्षेत्र नेपालगञ्ज रहेपनि कर्णालीका सुर्खेत र सल्यानमा पुराना आयोजना भएका कारण नेपालगञ्ज कार्यालयको कार्यक्षेत्रमा परेका हुन् । पुल सेक्टरले नयाँ पुल निर्माणसहित पुराना पुल मर्मतसम्भार र रङ्गरोगनको काम समेत गर्दै आएको छ ।

  • १० जेष्ठ २०८०, बुधबार १४:२२ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ