लागूऔषधको जालो डरलाग्दोरुपमा झाँगियो – सरोकारवाला - Dastabej

लागूऔषधको जालो डरलाग्दोरुपमा झाँगियो – सरोकारवाला


  • दस्तावेज

  • खजुरा २०८० जेठ १०बाँकेमा समाजमा लागूऔषधको जालो डरलाग्दो किसिमले झाँगिरहेको भन्दै सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा साहारा हाउस नेपालगञ्जले बुधवार नेपालगञ्जमा आयोजना गरेको ’लागूऔषध रोकथाम तथा न्यूनीकरण सम्बन्धि सरोकारवालाहरुबीच कार्यशाला गोष्ठी’ का सहभागीहरुले खुला सीमाका कारण नेपालगञ्ज लागूऔषध कारोबार र सेवनको हब बनेको भन्दै चिन्ता व्यक्त गरे ।

    उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका वरिष्ठतम् न्यायाधीश केशवराज जोशीले कार्यशाला गोष्ठीले लागूऔषध रोकथाम तथा न्यूनीकरणका लागि महत्त्वपूर्ण टेवा दिने विश्वास ब्यक्त गरे । उनले जताजतै लागूऔषधको जालो फैलिएकाले यसको रोकथाम र नियन्त्रणका लागि सबै गम्भीर बन्नुपर्नेमा जोड दिए । उनले १० देखि ७४ वर्षका व्यक्तिहरु लागूऔषध ओसारपसार र सेवनमा लागेको अवस्था चित्रण गर्दै समाजलाई यसको भूमरीबाट मुक्त बनाउन जरुरी रहेको बताए ।समाजमा लागूऔषधको जालो डरलाग्दो किसिमले झाँगिरहेको भन्दै सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा साहारा हाउस नेपालगञ्जले बुधवार नेपालगञ्जमा आयोजना गरेको ’लागूऔषध रोकथाम तथा न्यूनीकरण सम्बन्धि सरोकारवालाहरुबीच कार्यशाला गोष्ठी’ का सहभागीहरुले खुला सीमाका कारण नेपालगञ्ज लागूऔषध कारोबार र सेवनको हब बनेको भन्दै चिन्ता व्यक्त गरे ।

    उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका वरिष्ठतम् न्यायाधीश केशवराज जोशीले कार्यशाला गोष्ठीले लागूऔषध रोकथाम तथा न्यूनीकरणका लागि महत्त्वपूर्ण टेवा दिने विश्वास ब्यक्त गरे । उनले जताजतै लागूऔषधको जालो फैलिएकाले यसको रोकथाम र नियन्त्रणका लागि सबै गम्भीर बन्नुपर्नेमा जोड दिए । उनले १० देखि ७४ वर्षका व्यक्तिहरु लागूऔषध ओसारपसार र सेवनमा लागेको अवस्था चित्रण गर्दै समाजलाई यसको भूमरीबाट मुक्त बनाउन जरुरी रहेको बताए ।

    साहारा हाउसका कार्यकारी निर्देशक अभिराज क्षेत्रीले लागूऔषधले थिलथिलो हुन थालेको समाजलाई यसबाट जोगाउन सबै सरोकारवाला र अभियन्ताहरु गम्भीर भएर लाग्नुपर्ने बताए । उनले घर, विद्यालय र सार्वजनिक ठाउँहरुबाटै यस विरुद्धको अभियानलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिए ।

    साहारा हाउसका कार्यकारी निर्देशक अभिराज क्षेत्रीले लागूऔषधले थिलथिलो हुन थालेको समाजलाई यसबाट जोगाउन सबै सरोकारवाला र अभियन्ताहरु गम्भीर भएर लाग्नुपर्ने बताए । उनले घर, विद्यालय र सार्वजनिक ठाउँहरुबाटै यस विरुद्धको अभियानलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिए ।

  • १० जेष्ठ २०८०, बुधबार १४:३२ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ