बिद्यार्थीलाई बृहत यौनिकता शिक्षा - Dastabej

बिद्यार्थीलाई बृहत यौनिकता शिक्षा


  • दस्तावेज

  • नेपालगन्ज जेष्ठ ९, मंगलबार
    बाँकेको जानकी गाउँपलिका वडा न ६ मा रहेको श्री माध्यामिक बिद्यालय भाटनपुरका बिद्यार्थीलाई बृहत यौनिकता शिक्षा सम्बन्धि कक्षा संञ्चालन गरिएको छ । त्रिवेणी बिकास समाजको आयोजना, संस्थागत बिकास संञ्जाल ललितपुरको प्राबिधिक सहयोग तथा किन्डर मिसन वर्क जर्मनीको आर्थिक सहयोगमा संञ्चालित सार्वाङगिन बिकासका लागि महिला तथा बालीकाहरुको शसक्तिकरण परियोजना अन्र्तगत कक्षा ८ मा अध्ययनरत ३४ जना बिद्यार्थीलाई बृहत यौनिकता शिक्षा सम्बन्धि जानकारी गराइएको हो । कार्यक्रममा एम बिबिएस अध्ययनरत् प्रशिक्षक श्री केश हमालले किशोर अवस्थामा किशोर किशोरीले गर्ने व्यवहार, त्यस्तो अवस्थामा उनीहरुसंग अभिभावकले गर्नु पर्ने व्यवहार, यौन सम्बन्ध, अपनाउनुपर्ने साबधानी, गर्भपतन गर्न सक्ने अवस्था लगायत्का बारेमा जानकारी गराएका थिए । यस्तै अर्का प्रशिक्षक बीएससी नसिङ्ग अध्ययनरत् ईशा पौडेलले किशोर अवस्थामा हुने परिवर्तन, महिनवारी प्रक्रिया, ध्यानदिनु पर्ने कुरा, सेनेटरी प्याड प्रयोग गर्ने तरिका, महिनावारीको अवस्थामा गर्नु पर्ने सरसफाई, खानेकुरामा ध्यान दिनुपर्ने, महिनावारीको अवस्थामा गर्ने व्यवहार, हुने समस्या, अपनाउनुपर्ने साबधानीका बारेमा बिद्यार्थीहरुलाई जानकारी गराएका थिए । यस्तै त्रिबेणी बिकास समाजका कार्यकारी निर्देशक पतिराम थारुले यौनसंग सम्बन्धित नकारात्मक भ्रम हटाउन, बालबिवाह न्युनिकरण गर्न, जिवनउपयोगी व्यवहारिक शिक्षा प्रदान गर्न, गुणस्तरिय जिवनयापन गर्न बृहत यौनिकता शिक्षाको महत्व रहेको बताए । बिद्यालयमा उमेर सुहाउदो शिक्षाको पाठ्यक्रम नहुनु, दक्ष जनशक्तिको अभाव, नकारात्मक समाजिक मुल्यमन्याता, बिद्यालय बाहिरका बालबालिकामा बृहत यौनिकता शिक्षा पुर्याउन नसक्नु, पढाउन लजाउनु अथवा नपढाउनु जस्ता कारणले बृहत यौनिकता शिक्षा प्रदान गर्न चुनौती रहेको संस्थाका कार्यकारी निर्देशक थारुले बताए । कार्यक्रममा त्रिवेणी विकास समाजका सामाजिक परिचालकहरु सीता थापा राना मगरले कार्यक्रम संञ्चालन गरेकी थिइन् । भने समाजिक परिचालक गोमती थापा र संस्थाका भोलेन्टियर शन्तरानी थारु लगायत्को सहभागिता थियो ।

  • ११ जेष्ठ २०८०, बिहीबार ११:१९ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ