११ जेठ, रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ८ दुलीमा लु १ ज १७४७ नम्बरको जिप आज बिहान करिब साढे आठ बजेतिर दुर्घटना ४ को मृत्यु भएको छ । १० जना घाईते भएका छन् ।
मृत्यु हुनेमा सानीभेरी गाउँपालिका–५ का कर्णे बाठा र देउचन खत्री, बाँफीकोट गाउँपालिका ८ की रेखा खनाल केसी र उनका २२ दिने छोरा रोशनको पनि दुर्घटनामा मृत्यु भएको छ ।
जिपमा जम्मा १४ यात्रु सवार थिए । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको वडाध्यक्ष खत्रीले बताए । गम्भीर घाइतेहरूलाई हेलिकप्टरबाट उपचारका लागि अन्यत्र लैजाने तयारी रहेको उनको भनाइ छ ।
उक्त जीप सानीभेरी गाउँपालिका ३ घ्युढुंगाबाट मुसिकोटतर्फ जाँदै गरेको भएको थियो । जिप सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।