बर्दिया अस्पतालमा पहिलो पटक ३ महिलाको पाठेघरको शल्यक्रिया - Dastabej

बर्दिया अस्पतालमा पहिलो पटक ३ महिलाको पाठेघरको शल्यक्रिया


  • दस्तावेज

  • जेष्ठ १०, २०८० बर्दिया — जिल्ला अस्पताल बर्दियामा पहिलो पटक तीन महिलाको पाठेघरको सफलरुपमा शल्यक्रिया गरिएको छ ।

    अस्पतालका अनुसार स्त्री तथा प्रसूति रोग विशेषज्ञ स्यामिनी चौधरी, रामविश्वास राय लगायत सातजना स्वास्थ्यकर्मीको सहयोगमा शल्यक्रिया गरिएको हो । जटिल खालको पाठेघर पेट चिरेर निकालिएको डा चौधरीले बताइन् । केस जटिल भए पनि सतर्कतापूर्वक पाठेघर बाहिर निकालिएको उनले जनाइन् । तीमध्ये एक जना महिलाको करिब एक वर्षदेखि पाठेघरको समस्याले रगत बग्ने समस्या थियो । गुलरिया—७ की ४५ वर्षीया सम्पदा यादव, बारबर्दिया नगरपालिकाकी ४० वर्षीया सुमिता थारु र गुलरिया नगरपालिका—१ की ६० वर्षीया कुन्ती यादवको शल्यक्रिया गरिएको जिल्ला अस्पतालले जनाएको छ ।

     

    ुशल्यक्रिया गरेकी तीनै जनाको अवस्था सामान्य रहेको छ,’ उनले भनिन्, ुबिमा भएकालाई रकम नलाग्ने र शुल्क तिर्दा १५ हजारले शल्यक्रिया हुने गर्छ ।ु डा रायले अस्पतालमा बेहोस बनाउने जिएस मसिन र थप विशेषज्ञ चिकित्सक अभाव रहेको पनि बताए ।

  • ११ जेष्ठ २०८०, बिहीबार ११:५७ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ