रुकुम जीप दुर्घटनाका घाईतेहरुलाई उपचारका लागि कोहलपुर ल्याइयो, मृतकको संख्या ५ पुग्यो - Dastabej

रुकुम जीप दुर्घटनाका घाईतेहरुलाई उपचारका लागि कोहलपुर ल्याइयो, मृतकको संख्या ५ पुग्यो


  • दस्तावेज

  • जेष्ठ ११, २०८० नेपालगन्ज — रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा आज बिहान भएको जिप दुर्घटनामा परी गम्भीर घाईतेहरुको उपचारका लागि लिकप्टरमार्फत कोहलपुरस्थित मेडिकल कलेजमा ल्याइएको छ । बाँके प्रहरीका अनुसार दुर्घटनामा
    सख्त घाइते सानीभेरी–५ का प्रेम बाठा मगर, मृतक शितल कुसारीका छोरा २ वर्षीय प्रसिद्ध कुसारी, सानीभेरी–५ की अनिता केसी र सोही ठाउँका ललित बाठा मगरलाई नेपाली सेनाको हेलिकप्टरले कोहलपुर ल्याएको हो ।
    त्यस्तै दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।


    बाँफिकोट गाउँपालिका–८ वडा अध्यक्ष धनबहादुर खत्रीका अनुसार मृत्यु हुनेमा सानीभेरी गाउँपालिका–५ का ७० वर्षीय कर्ण बाठा मगर सोही ठाउँका ४८ वर्षीय देउचन खत्री, सानीभेरी गाउँपालिका–५ का २३ वर्षीया शितल कुसारी र बाँफिकोट गाउँपालिका–८ की २२ वर्षीय रेखा केसी अनि उनका २२ दिने छोरा रोशन केसी रहेका छन् ।
    मृतकको संख्या र पहिचानबारे प्रहरीले भने अहिलेसम्म पुष्टि गरेको छैन ।
    बाँफिकोट गाउँपालिका–८ दुलारस्थित भित्री सडक खण्ड दुलीबाट जिल्ला सदरमुकाम मुसीकोटतर्फ आउँदै गरेको लु १ ज १७४७ नम्बरको जिप अनियन्त्रित भइ पल्टिँदा सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

  • ११ जेष्ठ २०८०, बिहीबार १३:३७ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ