११ जेठ, दाङ । दाङमा जीपले स्कुरटलाई ठक्कर दिंदा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ३७ बर्षिय सीता लम्सालको मृत्यु भएको छ । बिहिबार बिहान करिब १० बजे दंगिशरण गाउँपालिका(५ कमलगढीमा रा १ ज ९२३ नम्बरको जीपले रा ७ प ४२३७ नम्बरको स्कुटरमा सवार लम्सलालाई ठक्कर दिएको थियो।
जिपको ठक्करबाट गम्भीर घाइते भएकी लम्सालको थप उपचारका लागि नेपालगञ्ज लैजानेक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक लम्साले मावि तुलसीपुर धनौरी शान्तिनगरमा अध्यापन गराउँदै आएकी थिइन् ।