कार्यबिधि सम्बन्धी टोल बिकास संस्थालाई अभिमुखिकरण - Dastabej

कार्यबिधि सम्बन्धी टोल बिकास संस्थालाई अभिमुखिकरण


  • दलबहादुर सुनार

  •  


    ११ जेष्ठ बढैयाताल, बढैयाताल गाउँ पालिका ८ न. वडा कार्यालयले  टोल बिकास सस्थाकाे  काम कर्तब्य र कार्यबिधी  सम्बन्धी  अभिमुखिकरण गरेको छ ।

    स्थानिय स्तरमा उपलब्ध श्रोत र साधन लाई अधिक्तम परिचालन गर्दै सहभागिता मुलक योजना तर्जुमा गरी टोलको समग्र विकासमा टेवा पुर्याउने उद्देश्यले  ८ न. वडा कायार्टोलयले  आज  अभिमुखिकरण  गरेकाे हाे  ।
    अभिमुखिकरण कार्यक्रमको सहजिकरण गर्दै वडाध्यक्ष तेजनाथ पौडेलले टोलको बिकास र समृद्धिको लागि टोल बिकास संस्थाले बस्ति स्तरवाट योजना संकलन र प्राथमिकिरण गर्नु पर्ने बताए । टोल बिकास सस्थाले टोलमा भएका बिकृति , बिसंगती , बालबिवाह , लागु औषध दुर्ब्यसनि , लैगिंक हिंसा जस्ता घटनामा न्यूनिकरण , सरसफाई युक्त टोल र रातमा उज्यालो टोलको रुपमा बिकास गर्नु पर्नेमा अध्यक्ष पौडेलले जोड दिए । आदर्श र सभ्य समाजको पहिचान दिन टोल बिकास संस्था अग्रसर हुनु पर्ने भन्दै टोल बिकास सस्ंथा संचालन कार्यबिधि बनेको र प्रत्येक टोल बिकास संस्थाको लागि रु ५ हजार बिउँ पुँजिको रुपमा उपलब्ध गराईने अध्यक्ष पाैडेलले बताए ।
    टोल बिकास संस्थाको लागि वडाले तयार गरेको कार्यबिधिको बारेमा संस्थाका पदाधिकारी लाई जानकारी गराउने उद्देश्यले आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा १८ वटै टोल बिकास सस्थालाई यहि जेष्ठ १८ गतेका दिन कार्यबिधि अनुसार वडाले सुचिकृतको प्रमाण पत्र प्रदान गर्ने योजना रहेको वडाले जनाएको छ । टोल बिकास सस्थालाई तोकिएको दिन वडाले प्रमाण पत्र प्रदान गरेमा ८ न. वडा कार्यालय बढैयाताल गाउँ पालिकामै पहिलो वडा बन्ने छ ।
    १८ वटा टोल बिकास सस्थाका पदाधिकारी , जन प्रतिनिधी लगाएत करिब ३० जनाको सहभागिता रहेको अभिमुखिकरण कार्यक्रममा कार्यबिधि अनुसार वडाध्यक्षको संयोजकत्वमा ९ सदस्य वडा स्तरिय समन्वय समिति गठन गरिएको वडा सचिब स्वस्तिका पौडेलले जनाएकी छन् ।

     

  • ११ जेष्ठ २०८०, बिहीबार १९:३४ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ