जेष्ठ १२, २०८० दाङ — जिपको ठक्करबाट शिक्षिका सीता लम्सालको मृत्यु भएपछि पीडित पक्षले शुक्रबार बिहानैदेखि हापुरे तुलसीपुर सडकखण्ड अवरुद्ध गरेका छन् । मृतकका आफन्तहरूले उचित क्षतीपुर्ती माग गर्दै तुलसीपुरमा सडक अवरुद्ध गरेका हुन् ।
उक्त सडकखण्डमा सवारीसाधन आवागमन ठप्प भएको छ । बिहीबार शिक्षणका लागि शान्तिनगर गाउँपालिका ७ स्थित माध्यामिक विद्यालय तुलसीपुरमा जाँदै गरेकी शिक्षिका सवार रा ७ प ४२३७ नम्बरको स्कुटीलाई दंगीशरण(५ कुमालगडीमा रा १ ज ९२३ नम्बरको जिपले ठक्कर दिएको थियो ।