जेष्ठ १२, २०८० नेपालगन्ज । भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका प्रधान मन्त्रीले नेपालगन्ज—भारत सीमामा निमार्ण भएको इन्ट्रीगेट चेक पोष्ट (आइसीपी)नेपालगन्ज एकीकृत चौकी संयुक्तरुपमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । यही जेठ १७ देखि २० सम्म प्रधान मन्त्री दहालको भारत भ्रमण तय भएको हो ।
फाईल फोटो
भारतीय सरकारकोे दुई सय करोड भारु आर्थिक सहयोगमा नेपालगन्ज—भारत सीमामा इन्ट्रीगेट चेक पोष्ट (आइसीपी) निमार्ण भएको हो । क्वारेन्टाईन, सुरक्षा जाँच पोष्ट, पार्किग स्थल लगायतका भौतिक संरचनाकाको भइसकेको छ । त्यस्तै, भण्डारणका लागि फलामको ट्रष्ट निमार्ण भएको छ । आइसीपी निमार्णको काम भारतीय कम्पनी राज विक बिल्डसन्कन प्रालीले पाएको थियो ।
आइसीपीलाई जोड्न निमार्ण कम्पनीले पहुंच मार्ग निमार्ण गरी कालो पत्रे गरिसकेको छ ।
आइसीपी निमार्णका लागि नेपाल सरकारले स्थानीयबासीलाई मुअब्जा दिएर जयसपुर क्षेत्रमा ९० विगहा जग्गा अधिग्रहण गरी निमार्णको काम सुरु गरेको हो । त्यस्तै भारत सरकारले पनि आफ्नो क्षेत्रमा जग्गा अधिग्रहण भौतिक संरचना निमार्ण गरिसकेको छ । नेपाल तर्फको ९० विगहा जग्गा मध्ये २७ विगहामा सडक निर्माण गरिएको छ । भारतको राजधानी दिल्लीबाट सबैभन्दा नजिक मानिने नेपालको नेपालगन्जमा आइसीपी आवश्यक रहेको भन्दै जयसपुरलाई रोजेको हो । यहाँबाट नेपालमा सहजै आयात हुने र नेपालका जडीबुटी र उत्पादनहरु भारतमा निकासी गर्न पनि सरल हुने जनाइएको छ ।
दुई मुलुकबीच गर्नुपर्ने समझदारी र सम्झौताका एजेन्डा तय गर्न नेपालतर्फको गृहकार्य तीव्र भएको छ । भ्रमणका क्रममा लगानी, व्यापार, प्रविधि विस्तार, विकास आयोजना निर्माण, अपराध नियन्त्रण तथा अनुसन्धानमा सहकार्यलगायत विषयले प्राथमिकता पाएका छन् ।