नेविप्राको ३९ औँ वार्षिकोत्वसको अवसरमा नेपालगन्जमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदानमा १ सय ३२ पिन्ट रगत संकलन भएको छ ।
नेविप्रा कर्मचारी संघ ( आधिकारिक ट्रेड युनियन) नेपालगन्ज इकाइ समितिको आयोजनामा सम्पन्न रक्तदानमा कार्यक्रममा कृयाशील सबै ट्रेड युनियनहरुको साथ सहयोग र समन्वयबिच बाँके स्थित नेविप्राका सबै कार्यालयहरुमा कार्यरत कर्मचारीहरु, सार्वजिक संस्थानका कर्मचारीहरु, नेविप्रा कर्मचारी संघ आवद्ध सबै तथा कृयाशील सबै ट्रेड युनियन , विभिन्न शिक्षण संस्था , जेसिस बाँके, विद्यार्थी संघ, तरुण दल, शिक्षक संघ , युवा संघ, व्यवसायी ,श्रमिक , उद्योगी, समाजसेवी, नागरिक समाज, विभिन्न भातृ र शुभेच्छुकको सहभागीतामा रक्तदान भएको हो ।
३०० जना आसपासको सहभागिता रहेकोे थियो । रक्ताभावको स्थितिले गुजृरहेको बाँके रेडक्रसलाइ अलिक भए नि रक्तापुर्तिमा सहजता हुने अपेक्षा गरिएको नेविप्रा कर्मचारी भाइरजा श्रीवातवले बताउनु भयो ।
कार्यक्रममा नेविप्रा कर्मचारी संघ ( आधिकारिक ट्रेड युनियन) लुम्बिनी प्रदेश समितिका अध्यक्ष दुर्गाप्रसाद जैसीज्यु, लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जका प्रमुख राजीवकुमार सिंहको सहभागी रहेको थियो ।